प्रचण्ड परिवारका ६ जना माओवादीकाे केन्द्रीय कमिटीमा (नामावलीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका परिवार केन्द्रीय कमिटीमा थपिएका छन् । योसहित प्रचण्डको परिवारबाट ६ जना केन्द्रीय सदस्य बनेका छन् ।

आज ९७ जना मनोनित केन्द्रीय कमिटीमा प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य परेका छन् । गंगा प्रचण्डको सचिवालयमा कार्यरत छिन् । मोरङका आचार्य गंगाका पति हुन् ।

यसअघि २८ पौषमा २३६ केन्द्रीय सदस्य घोषणा गर्दा प्रचण्डसहित परिवारका ४ जना परेका थिए । त्यतिबेला प्रचण्डकी छोरी रेनु दाहाल, भाई नारायण दाहाल र बुहारी विना मगर केन्द्रीय कमिटीमा परेका थिए ।

माओवादी केन्द्रीय कमिटीमा प्रचण्ड परिवार
१. प्रचण्ड
२. रेनु दाहाल

३. विना मगर
४. नारायण दाहाल

५. गंगा दाहाल
६. जीवन आचार्य

प्रचण्डको परिवारबाट ४ केन्द्रीय सदस्य

बैठकले मुख्यत तीन वटा निर्णय गरेको छ । बैठकले आगामी जेठ २० गतेसम्म एमसीसीबारेको बहस स्थगित गरेको छ ।

त्यस्तै, प्रदेश इन्चार्जहरु तोकेको छ भने स्थानीय निर्वाचनका पार्टी नीति तय गरेको बैठकपछि नेता जनार्दन शर्माले जानकारी दिए ।

त्यस्तै, पार्टीको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो पनि स्थानीय निर्वाचनपनि जेठमा टुंगो लगाउने शर्माले जनाए ।

त्यस्तै माओवादीले केन्द्रीय कमिटीलाई पनि पूर्णता दिएको छ । ३४४ जनाको केन्द्रीय कमिटी बनाएको माओवादीले थप २५ प्रतिशत बैकल्पिक केन्द्रीय सदस्य चयन गर्नेछ ।

परराष्ट्रमन्त्री खड्का भोलि टर्की भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री डा नारायण खड्का भोलि साँझ टर्कीको साताव्यापी भ्रमणमा जाने भएका छन् । टर्कीका विदेशमन्त्रीको निमन्त्रणामा उनी तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

यही फागुन २७ देखि २९ गतेसम्म आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

उक्त कार्यक्रममा दक्षिण एशियालगायत विश्वका विभिन्न मुलुकका राजनीतिज्ञ, कूटनीतिज्ञ तथा नीति निर्माताहरू भेला भई विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षीका साथै अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ । नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेशको सन्दर्भमा हुन लागेको परराष्ट्रमन्त्रीको

यो भ्रमण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ तुल्याउन फलदायी हुने विश्वास गरिएको छ । भ्रमणबाट द्विपक्षीय व्यापार, लगानी, पर्यटन, वैदेशिक रोजगारी तथा जनस्तरको सम्बन्ध अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा पनि गरिएको छ । –रासस

Leave a Reply

Your email address will not be published.