सुनको भाउमा नयाँ रेकर्ड, एकैदिन तोलामा २ हजार ५०० ले बढ्यो

काठमाडौं । बुधबार सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ। सुनको भाउ एकैदिन २ हजार ५०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यो नेपाली बजारमा सुनको अहिलेसम्मकै महँगो मूल्य हो। यसअघि सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो। सोपश्चात पुनः ९० हजारभन्दा तल झरेको थियो।

पछिल्लो समय रुस र युक्रेनको द्वन्द्वका कारण सुनको भाउ दैनिक रुपमा बढ्न थालेको छ। डलरको भाउ महँगो हुँदा समेत सुनको भाग महँगिदै गएको छ।

यस्तै बुधबार चाँदी भने प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएकोमा बुधबार तोलामा ४० रुपैयाँले बढेको हो।

परमादेशी र जनादेशीबीच सत्य र असत्यको लडाईं भइरहेको छः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले परमादेशी र जनादेशीबीच लडाईं रहको बताएका छन् ।

मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले परमादेशी र जनादेशीबीच सत्य र असत्यको लडाईं भएको बताएका हुन् ।

उनले एमाले जनताको अभिमतबाट जनताको पक्षमा लड्ने पार्टी भएका समेत बताए । उनले राष्ट्र निर्माणको अभिभारा आफ्नो दलको प्राथमिकता रहेको बताए ।

उनले एमालेका कार्यकर्ता पद तथा ओहोदाका लागि नभई समाज निर्माणमा क्रियाशील हुनुपर्नेमा जोड दिए । उनले राजनीतिक मैदानका सर्वश्रेष्ट सिद्धान्तबाट एमाले अघि बढ्ने बताए ।

जनतालाई मनपर्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष ओलीले सामाजिक न्याय र समानताका क्षेत्रमा पार्टी निरन्तर लागिरहेको बताए ।

Leave a Reply

Your email address will not be published.