बिरालोलाई थापेकाे पासोमा चितुवा फेला

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका १ दहचोक थापागाउँमा बिरालोको पासोमा चितुवा फेला परेको छ। स्थानीय दलबहादुर बुढाले बिरालोलाई थापेको पासोमा चितुवा परेको भेटिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार कुखुराको खोरमा बिरालोले दुःख दिएपछि बुढाले पासो थापेका थिए। जग्गा भाडामा लिएर

कुखुरा पाल्दै आएका बुढाले बिरालाको लागि थापेको पासोमा मंगलबार राति चितुवा परेको भेटिएको काठमाडौँ प्रहरीले जनाएको छ।

चितुवाको अगाडिको दाहिने खुट्टा पासोमा अड्केको अवस्थामा फेला पारिऐको थियो। पासोमा परेको चितुवालाई महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको

प्रहरीले जिल्ला वन कार्यालय काठमाडौँको सहयोगमा उद्धार गरिएको काठमाडौँ प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

एमसीसीविरुद्ध नबोल्न नेता कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहायता सम्झौता (एमसीसी)विरुद्ध नबोल्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बुधबारदेखि काठमाडौंमा सुरु केन्द्रीय कमिटीको बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष नेपालले एमसीसीविरुद्ध नबोल्न नेता कार्यकर्ताहरूमा निर्देशन दिए ।

गत फागुन १५ गते नेकपा माओवादी केन्द्र र समाजवादी समेतको समर्थनमा संसदबाट एमसीसी पास भइसकेको छ । त्यसअघि यी दुई पार्टी कडा विरोधमा उभिएर कार्यकर्ता पनि सडकमा उतारेका थिए ।

अध्यक्ष नेपालले १२ बुँदे व्याख्यात्मक घोषणासँगै एमसीसीबारे यसअघि रहेका सबै विरोधाभाष पनि हटिसकेको बताएका छन् ।

एमसीसीलाई लिएर एमालेले सत्ता गठबन्धन तोड्न अनेक प्रयास गरेको पनि नेपालले बताए ।

अध्यक्ष नेपालले दुई पटक आफ्नो पार्टीले एमालेसँग चुनावी प्रतिस्पर्धा गरेर जितेको पनि बताए । अब पनि त्यसै गरेर अघि बढने योजना रहेको उनले बताए ।

एक्लै जित्ने अवस्था नभए पनि राष्ट्रियसभा निर्वाचनमा पनि सत्तारुढ गठबन्धनसँग मिलेर केपी ओलीलाई आफ्नो पार्टीले पराजित गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published.