अभिनेत्री करिश्मा एमाले प्रवेश गर्दै

काठमाडाैं । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेमा प्रवेश गर्ते तयारी गरेकी छिन्। त्यसको तयारीस्वरुप उनले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर भेटवार्ता गरेकी छिन्।

मानन्धर अध्यक्ष ओलीलाई भेट्न एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीलाई लिएर बालकोट पुगेकी थिइन्।

उनले ओलीसँगको भेटमा पार्टीमा प्रवेशलाई लिएर छलफल भएको बताएकी छिन्। आफू चाँडै पार्टी प्रवेश गर्ने तयारीमा रहे पनि निर्णय गरिनसकेको उनले बताएकी छन्।

बालकोट पुगेर उनले ओलीसँगको संवादमा आफूलाई एमालेमा काम गर्ने इच्छा रहेको बताएकी छन्। सँगै बालकोट पुगेका एमाले सांसद नवराज सिलवालले करिश्मा र अध्यक्ष ओलीबीच पार्टी प्रवेशबारे कुरा भएको बताए।

‘कुराकानी चलिरहेको छ, उहाँ (करिश्मा) ले पार्टीमा काम गर्न इच्छा रहेको बताउनु भयो’, सिलवालले भने, ‘अध्यक्षसँग उहाँले नै कुरा गरौँ भनेर इच्छा देखाएपछि मसमेत गएर भेटाएका हौँ।’

एमाले प्रवेश गर्ने मनस्थिति धेरै पहिलेदेखि बनाए पनि उचित समय कुरेर बसेको उनले बताएकी छिन्। यसअघि मानन्धरलाई गत असोजमा ओलीले फोन गरेका थिए। कक्षा १२ को परीक्षा दिइरहेका बेला उनलाई ओलीले फोन गरेका थिए।

ओलीले उनलाई भइरहेको कक्षा १२ को परीक्षाको लागि शुभकामना दिन फोन गरेका थिए। मोबाइल स्क्रिनमा ओलीको नाम देख्दा छक्क परेको उनले बताएकी थिइन्।

Leave a Reply

Your email address will not be published.