वीरगञ्ज महानगरका मेयर सरावगी एमालेमा प्रवेश गर्दै

पर्सा । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा (एमाले)मा प्रवेश गर्ने भएका छन्।

२०७४ को स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टी (त्यति वेलाको संघीय समाजवादी फोरम) बाट मेयरमा निर्वाचित सरावगी पार्टी छाडेर एमाले प्रवेश गर्न लागेका हुन्।

जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य समेत रहेका सरावगीले हिमालखबरसँग भने, “नेताहरूसँग कुराकानी चलिरहेको छ, एक-दुई दिनमा एमाले प्रवेश गर्छु।”

एमालेमा के जिम्मेवारी पाउने भन्ने तय हुन बाँकी रहेको उनको भनाइ छ। स्थानीय चुनाव नजिकिँदै गर्दा सरावगी पार्टी छोड्न लागेका हुन्।

सरावगीले स्थानीय चुनावमा १९ हजार ३९३ मत ल्याएर मेयर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वि राष्ट्रिय जनता पार्टी (राजपा)का  राजेशमान सिंहले १२ हजार १६५,

लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले ८ हजार ७०१, एमालेका बसरुद्धीन अंसारीले ८ हजार ६८८, नेकपा (माओवादी केन्द्र) का रहवर अन्सारीले ८ हजार ३०५ पाएका थिए।

उपमेयरमा कांग्रेसकी शान्ति कार्की १९ हजार ६०७ मत पाएर विजयी भएकी थिइन्।

याे पनि पढ्नुस्

एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । शुक्रवार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघको

२३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेण्डर हुने भएकाले नेपालले पनि भाग लिनसक्ने बताए ।

उनले नेपालका निर्माण व्यवसायीलाई एमसीसीको अन्तर्राष्ट्रिय टेण्डरमा भाग लिन हिम्मत गर्न आग्रह गरे । अमेरिकी कानूनले एमसीसीलाई अन्तर्राष्ट्रियस्तरमा टेण्डर गर्नुपर्ने

अवस्था रहेकाले यसमा जुनसुकै देशले प्रतिस्पर्धा गर्न सक्ने बताए । नेपाल प्रतिस्पर्धामा भाग लिएर सफल भए नेपालीहरु खुसी हुने उनले बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, ग्लोबल टेण्डर हुन्छ । नेपालकाले पनि हिम्मत गरे हुन्छ यो । यो एमसीसीको बिडिङमा सफल हुनुस् । सबभन्दा पहिले हामी खुसी हुनेछौँ ।

अन्तर्राष्ट्रिय विडिङ हुने हुनाले अमेरिकालाई बाध्यता छ अमेरिकन कानूनले अन्तर्राष्ट्रिय विडिङ गराउनुपर्ने हुनाले जुनसुकै मुलुकका पनि यसमा आउन सक्छन् । चीनका होस् । भारतको होउन् । नेपालकै हुन सक्छन् ।’

प्रधानमन्त्रीले नेपालको निर्माण उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने बताए । उनले निर्माण क्षेत्रमा गरिने खर्चलाई समय सापेक्ष वृद्धि गर्दै लानुपर्ने आवश्यकता रहेको बताए ।

Leave a Reply

Your email address will not be published.