वीरगञ्ज महानगरका मेयर विजय सरावगीसहित जनप्रतिनिधिहरु एमालेमा प्रवेश

पर्सा । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा (एमाले)मा प्रवेश गरेका छन्।

शनिबार वीरगञ्जमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरावगीलाई एमालेमा स्वागत गरेका छन्। उनी जनता समाजवादी पार्टी (जसपा) छोडेर एमालेमा प्रवेश गरेका हुन्।

उनी २०७४ को स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टी (त्यति वेलाको संघीय समाजवादी फोरम) बाट मेयरमा निर्वाचित भएका थिए। उनले १९ हजार ३९३ मत पाएका थिए।

एमालेमा प्रवेश गरेका मेयर सरावगीले जसपाभित्र देखिएको जातीय राजनीतिको कारणले पार्टी परित्याग गरेको बताएका छन्। उनले जातिवादी चिन्तनबाट ग्रस्त रहेको पार्टी राष्टिय पार्टी बन्न सक्ने जिकिर गरे।

सरावगीले भने, “आफुलाई राष्टि«य पार्टी भन्छन् जातिवादी चिन्तनबाट ग्रसित छन्।”

उनका निकटतम प्रतिद्वन्द्वि राष्ट्रिय जनता पार्टी (राजपा) का राजेशमान सिंहले १२ हजार १६५ मत पाएका थिए। त्यस्तै, लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले ८ हजार ७०१, एमालेका बसरुद्धीन अंसारीले ८ हजार ६८८ र नेकपा (माओवादी केन्द्र) का रहवर अन्सारीले ८ हजार ३०५ पाएका थिए।

उपमेयरमा भने कांग्रेसकी शान्ति कार्की १९ हजार ६०७ मत पाएर विजयी भएकी थिइन्।

एमालेले चुनाव जित्ने हुँदा गठबन्धन सरकार निर्वाचनबाट भाग्दैछ : ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदलाई निकम्मा बनाएर भत्ता खाने थलोका रुपमा मात्र प्रयोग गरिएको बताएका छन्।

उनले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जानुपर्ने अनिवार्य भएको जिकिर गरे। त्यस्तै ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दावी गरे ।

एमालेलाई चूनाव जित्नका लागि जनताबाहेक कसैको आवश्यकता नरहेको उनको भनाइ छ । उनले एमालेले चुनाव जित्ने भएकालै नै गठबन्धनको सरकार निर्वाचनबाट भाग्न खोजेको तर्क गरे।

उनले सत्ताले उन्माद जन्माउने भन्दै अहिले सत्तामा पुगेका दलहरु र सरकारमा रहेको मन्त्रीहरुलाई सत्ताको उन्माद लागेको उल्लेख गरे ।

अध्यक्ष ओलीले यसअघि आफ्नो नेतृत्वको सरकार हुँदा आफुलाई असहयोग गर्न कांग्रेसले आफू निकट कर्मचारीलाई निर्देशन दिएको चर्चा गर्दै अहिलेको सरकारलाई भने पूर्ण रुपमा सहयोग गर्न कर्मचारीलाई निर्देशन दिए।

Leave a Reply

Your email address will not be published.