अर्लाङ्कोट सेवा समाज जापानद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

कौरव खत्री
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका -९ स्थित अर्लाङ्कोट स्वास्थ्य चौकी र अन्य संघ संस्थालाई समेत गरी करिब दुई लाख बराबरको स्वास्थ्य सामग्रीहरू मंगलवार हस्तान्तरण गरिएको छ ।

मुसिकोट नगरपालिका वडा नं. ९ अर्लाङ्कोट विकट र अधिकांश गरिब जनताहरुको बसोबास रहेको क्षेत्र हो । यति बेला कोभिड-१९ ले विश्व नै तहसनहस पारिरहेको बेला यस क्षेत्रका जनताहरु पनि निकै प्रभावित भइ रहेका छन् ।

सन् २०१५ मा आफ्नो रोजगारीको सिलसिलामा जापानमा रहनुहुने साविकको अर्लाङ्कोट गा.वि.स.का ब्यक्तिहरुद्वारा आफ्नो क्षेत्रका हरेक पक्षमा सहयोग गर्ने उदेश्यले स्थापना गरिएको पवित्र संस्थाले स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

यसबेला कोभिड लगायतका अन्य बिरामीहरु अक्सिजन अभावमा मर्न नपरोस भनि १ थान अक्सिजन कन्सनट्रेटर मेसिन, २ थान थर्मल गन, माक्स र सेनिटाइजर अर्लाङ्कोट स्वास्थ्य चौकीलाई औपचारिक कार्यक्रम आयोजना गरि हस्तान्तरण गरिएको हो ।

यसै गरि सोही कार्यक्रममा यस वडामा रहेका मा.वि. र नि.मा.वि.हरुलाइ १/१ थानका दरले ४ थान पल्स अक्सिमिटर समेत हस्तान्तरण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि एवम् नगर प्रमुख सोमनाथ सापकोटा, बिशेष अतिथिहरु मुसिकोट नगरपालिका -९ का वडा अध्यक्ष नरेशराज खरेल,नगर स्वास्थ्य शाखा प्रमुख ढाल बहादुर जि सी, समाजसेवी खड्क ब.खत्री लगायतले संस्थाले यस माहामारिको समयमा गरेको यो सहयोग अतुलनीय र महत्पूणर् रहेको भन्दै मुक्तकण्ठले प्रसंशा गर्नु भएको थियो ।

प्रमुख अतिथि सापकोटाले राज्य गर्ने कार्य संस्थाले गरेर मेसिन लगायतका सामग्री प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । साथै विस्तृत कार्ययोजना सहित आएमा वडाको बिकासमा आफु सधै सकारात्मक रहेको समेत प्रकाश पार्नु भयो ।

सेवा समाज जापान र गुल्मेली सेवा समाज जापानले समेत पि पि इ, सेनिटाइजर, ग्लोब्स, पल्स अक्सिमिटर, थर्मल गन लगायतका सामाग्रि स्वास्थ्य चौकी प्रदान गर्नु भएकोमा इन्चार्ज कमला खरालले धन्यवाद ज्ञापन गर्नुका साथै आफ्नो संस्थाबाट सेवा नियमित गरि बिरामीको सेवामा खटिने बताउनु भयो ।

कार्यक्रममा समाजसेवी कालिदास खरेलले संस्थाको स्थापना,हाल सम्म गरेका गतिविधि साथै जन्मभूमि प्रति देखाएको अगाध मायालाइ प्रकाश पार्नुका साथै धन्यवाद ज्ञापन गर्नुका साथै प्रसंशा समेत गर्नु भएको थियो ।

कार्यक्रममाअर्लाङ्कोट सेवा समाज जापान अर्लाङ्कोटका उपाध्यक्ष विश्वनाथ सापकोटाको अध्यक्षता रहेको कार्यक्रमको संचालन सचिव यज्ञमूर्ति सापकोटाको रहेको थियो। कार्यक्रमा वडाका जनप्रतिनिधि, संस्थाका प्रतिनिधि ,समाजसेवि,कार्य समिति सदस्य लगायत अन्य ब्यक्तिहरुको समेत उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *