ओरालो लाग्दै सुनचाँदीको मूल्य, ताेलाकाे कति छ आज ?

काठमाडौं । सुनचाँदीको मूल्य घट्न लागेको छ । यही फागुन २५ गते तोलाको एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख पाँच हजारमा कारोबार भएको छ ।

हिजो छापावाला सुन तोलाको एक लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा एक हजार ८०० ले घटेर तोलाको एक लाख ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, मंगलबार तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार ८०० रुपैयाँले घटेर एक लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । हिजो तोलाको एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी एकैदिन तोलामा ३५ रुपैयाँले घटेर एक हजार ३८० मा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

द ब्रिटिस मोडल कलेजका चार विद्यार्थी उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट सम्मानित

द ब्रिटिस कलेजको भगिनी स्कुल द ब्रिटिस मोडल कलेजका चारजना ‘ए’ लेभलमा अध्ययनरत विद्यार्थीहरू उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट सम्मानित भएका छन् ।

मार्च २०२१ सीएआईई परीक्षाको सेरिजमा चार विद्यार्थीहरूले टप गर्न सफल भएका हुन् । क्याम्ब्रिज अवार्डबाट सम्मानित हुनेमा राज थापा (एएस लेभल केमिस्ट्री),

सुदीप अग्रहरि (एएस लेभल इकोनोमिक्स), अस्मिता लामा (एएस लेभल बिजनेस) र दीप्ति भट्टराई (एएस लेभल एकाउन्टिङ) रहेका छन् ।

‘ए’ लेभल्सका प्रमुख राजनकुमार राईले भने, “विद्यार्थीहरूले प्राप्त गरेको यो अविश्वसनीय सफलताप्रति ब्रिटिस मोडेल कलेजलाई धेरै गर्व छ ।

यो पुरस्कार प्राप्त गर्न धेरै मिहिनेत र इमानदार प्रयास चाहिन्छ र हामी यस्ता प्रतिभाशाली विद्यार्थीहरू पाउँदा भाग्यशाली महसुस गर्छौँ ।”

बीएमसीका अध्ययनरत विद्यार्थीहरूलाई गुणस्तीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको उनले बताए । कलेज उत्कृष्ट क्याम्ब्रिज लर्नर अवार्ड २०१८ बाट सम्मानित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *