ह्वात्तै घट्याे नम्बरी सुनकाे भाउ, ताेलाकाे कति ?

काठमाडाैं । सुनको मूल्य यो साता ओरालो लागेको छ । साताको पहिलो दिन प्रतितोला एक लाख दुई हजार आठ सयमा किनबेच भएको

छापावाला सुन साताको चौथो दिन बुधबार ९९ हजार तीन समय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको पहिलो दिनको तुलनामा दोस्रो दिन सोमबार आठ सय रुपैयाँले घटेर एक लाख दुई हजार तीन सय रुपैयाँ तोकिएको थियो ।

यसैगरी सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य एक हजार आठ सय रुपैयाँले घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको संघले जनायो ।

मंगलबारको तुलनामा बुधबार तोलामा एक हजार दुई सय रुपैयाँले घटेर ९९ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेको छ । साताको पहिला दिनको तुलनामा साता चौथो दिन बुधबार सुनको मूल्य तीन हजार पाँच सय रुपैयाँले घटेको छ ।

बुधबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ ।

मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ७० रुपैयाँ तोकिएको संघले जनाएको छ ।

एनएमबी बैंकले अनलाइनबाटै डिम्याट, मेरो शेयर र सीआरएन सुविधा दिने

एनएमबी बैंकले देश तथा विदेशमै बसेर डिम्याट, मेरो शेयर र सीआरएन सेवा अनलाइनबाटै लिन सकिने योजना ल्याएको छ ।

ग्राहकले बैंकमा भिडियो कलमार्फत अनलाइन खाता खोल्न र आफ्नो केवाइसी विवरणहरू अपडेट गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

ग्राहकहरूको लागि घरबाटै सहज ढंगले, पारदर्शी, त्रुटिरहित र कागजविहीन बैंकिङ सेवा प्रदान गर्ने यस योजनाको उद्देश्य रहेको बैंकको दाबी छ । साथै, बैंकले वातावरणमैत्री बैंकिङप्रति पूर्ण प्रतिबद्धतालाई पालना गर्ने बताएको छ ।

एनएमबी बैंकले हालसम्म देशभर देशभर २०१ शाखा, १३९ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *