काँग्रेस नेता कुवँरको पहलमा बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काैरव खत्री

गुल्मी । बाग्लुङ । नेपाली कांग्रेसका नेता दोणर् कुमार कुवँरको पहलमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । विभिन्न सहयोगी तथा सुभेच्छुकहरुले पठाएको र आफुले व्यक्तिगत रुपमा समेत गरी झण्डै ४ लाख बराबरको स्वास्थ्य सामाग्री स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको हो ।

ढोरपाटन नगरपालिका ५ अधिकारीचौरमा जन्मनु भएका पूर्व न्यायाधिश दयानाथ खरेल र उहाँकी श्रीमती सरिता खरेलद्धारा १ थान र कोरीया र सिंगापुरमा रहेका असिम घर्ति, विर बहादुर गुरुङ, खडक कुवँर, राम बहादुर छन्त्यालद्वारा १ थान गरी दुई थान वेड साईड मोनिटर, तथा नेता कुवँरद्वारा व्यक्तिगत खर्चमा ७५ थान भिटिएम र ५० थान एन्टिजेन गरी कुल चार लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेता कुवँरले जानकारी दिए ।

ढोरपाटन नगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर भण्डारी र स्वास्थ्यकर्मीको उपस्थितीमा उक्त सामाग्री काँग्रेस नेता कुवँर र नेता जित शेरचनले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्त्रण गरेका हुन् । स्वास्थ्य सामग्री हस्तान्त्रण गर्दै नेता कुवँरले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका लागि अति आवश्यक रहेको वेड साईड मोनिटर मेशिन उपलब्ध गराउने सहयोगि दाताहरुलाई धन्यबाद दिए ।

साथै उनले थप आवश्यक स्वास्थ्य सामाग्रीका लागि स्वास्थ्य मन्त्रालयमा पहल भईरहेको र भोलि नै ती सामाग्री लिन काठमाण्डौ जाँदै गरेको समेत बताएका थिए ।

Leave a Reply

Your email address will not be published.