अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री सिंहको पार्टी मंगलबार एमाले प्रवेश गर्ने

काठमाडौँ । पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर भोलि नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा स्वागत गर्नेछन् ।

सिंहको आफ्नो पार्टी समाजवादी जनता पार्टी नै एमालेमा समाहित हुन लागेको हो । अभिनेत्री मानन्धर पनि आफ्नो समूहसहित एमालेमा प्रवेश गर्नेछिन् ।

एमाले प्रवेशको लहर देशैभर, रुपन्देहीमा सयौँ एमालेमा समाहित

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेमा प्रवेश गर्नेको लहर देशैभर उत्साहजनक रहेको छ ।

यही क्रममा रुपन्देहीका दुई पालिकाहरु रोहिणी र ओमसतिया गाउँपालिकाका निर्वाचित अध्यक्षहरु सोजकुमार यादव र हिरा केवट एमालेमा प्रवेश गरे यता आएको प्रवेशको लहर मायादेवी हुँदै समरीमाईसम्म पुगेको छ ।

आइतबार भारतसँगको सिमानामा पर्ने समरीमाई– २ स्थित वनगाईमा आयोजित पार्टी प्रवेश कार्यक्रममा वडाका रजमन्ता कहाँर, साधु देवान, राजमति कहार, परशुराम हरिजन,

अकवर अली, किसमति केवट सहित ५८ जना, वडा नं ४ बाट पानमति हरिजन, विन्दा लोध, सुवास हरिजन, सन्तराम भुज, रामदेव लोध, सुराती हरिजनसहित ६० जना एमाले प्रवेश गरेका छन् ।

यसैगरी वडा नं ५ बाट बजीव अली, लालमन लोध, मिर्रे लोध, मिर्रे चौवे सहित ३६ जना, वडा नं. ६ बाट मकवुल लोध, शैलेन्द्र यादव, निदरद तेली, चीनक धोवी, मगरु पासी समेत ५५ गरी २ सय ९ जना एमाले प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस र मधेसी पार्टीहरुबाट प्रवेश गरेका उनीहरुलाई नेकपा (एमाले) केन्द्रीय सदस्य भूमिश्वर ढकाल, रुपन्देही अध्यक्ष तेजेन्द्र केसी, प्रदेश सदस्य बाबुलाल यादव, सांसद सुनिता ठटेरलगायतले अवीर र खादा लगाएर स्वागत गरेका थिए ।

वीरगञ्जका थप दुई वडाध्यक्षसहित दर्जनौँ एमालेमा प्रवेश

वीरगञ्जबाट थप दुई जना वडाध्यक्षसहित दर्जनौँ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

महानगरपालिका– २८ का वडाध्यक्ष जयनारायणसिंह कुर्मी र वडा नम्बर २५ का वडाध्यक्ष विश्वराजप्रसाद कुर्मीसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा जसपा प्रदेश सदस्य अजय साह, पर्साका जिल्ला समन्वय समितिका सदस्य अमोर यादवसँगै विभिन्न वडाका वडा सदस्यहरु रहेको एमाले पर्साले जनाएको छ ।

उनीहरुलाई सोमबार बालकोटमा एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।

Leave a Reply

Your email address will not be published.