काठमाडौँ । पूर्व मन्त्री तथा समाजवादी जनता पार्टी (सजपा) का अध्यक्ष प्रेम बहादुर सिंहले मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका र खादा लगाएर एमाले प्रवेश गरेका छन् । यस्तै कार्यक्रममा बोल्दै सिंहले एमालेमा अनुशासित भएर काम गर्ने बताएका छन्।
सजपा गठन पूर्व उनी एमाले कै नेता थिए। पार्टी प्रवेश कार्यक्रममा उनले आफूले एमालेको हितविपरित कहिल्यै काम नगरेको बताए।’ म पहिला अलग भए पनि एमालेको अहितमा कहिल्यै काम गरिँन। मैले भेदभावका कारण पार्टी छाडेको थिए’,उनले भने।
उनले कर्णालीबासीको सुझावका कारण एमालेमा फेरि प्रवेश गरेको बताए। पार्टीबाट बाहिरिँदा एक्लै भए पनि अहिले टिम सहित एमालेमा प्रवेश गरेको सिंहको भनाइ छ। ‘म त्याग गर्दा एक्लै थिए। फर्किँदा टिम ल्याएर आएको छु, ‘उनले भने।
एमाले प्रवेश गर्दै अभिनेत्री करिश्मा मानन्धरले के भनिन्?
अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन्। डा. बाबुराम भट्टराईले नयाँ शक्ति जनता समाजवादी पार्टीमा विलय गराएपछि केही समय राजनीतिक रुपमा निस्क्रिय रहेकी उनले एमाले रोज्नुको चार कारण बताएकी छन्।
‘म किन एमालेमा आएँ भन्ने प्रश्न धेरेमा हुनसक्छ। यसका खास कारण छन्’, उनले भनिन्,‘एउटा कार्यकर्ता भएर काम गर्छु, जिम्मेवारी जे पाउँछु त्यो पनि पूरा गर्छु।’
एमालेलाई रोज्नुको पहिलो कारणचाहिँ अध्यक्ष केपी शर्मा ओली रहेको मानन्धरको भनाई थियो।
उनले ओलीमा अठोट, नेतृत्वको क्षमता, राजनीतिक रुपमा सपनाहरू देखाएर कार्यान्वयन गर्न सक्ने सामथ्र्य र आत्मबल एमालेमा जोडिनुपर्ने कारण रहेको बताइन्।
एमालेको सांगठनिक ढाँचा, नेताहरूमा रहेको राजनीतिक संस्कार, प्रमुख प्रतिपक्षी हुँदाको भूमिका र त्यसको प्रस्तुती पनि एमालेको परिवारभित्र छिर्न मद्दत गर्ने अर्को कारण रहेको अभिनेत्री मानन्धरको भनाई थियो।
आफू विभिन्न कार्यक्रममा जाँदा पार्टी र एमालेभन्दा बाहेकका दलका नेता कार्यकर्ताले पनि अध्यक्ष ओलीको प्रशंशा गरेको, एमालेको भूमिकाको गुणगान गाएका कारण यो पार्टी नै मुलुकका लागि आशा रहेको
अभिनेत्री मानन्धरले रोज्नुको तेस्रो कारण बनेको हो। उनले भनिन्,‘पोखरालगायतका विभिन्न ठाउँका कलाकर्मका कार्यक्रममा जाँदा मैले अध्यक्ष ओलीको प्रशंशा विभिन्न क्षेत्रका मानिसबाट सुनेकी थिएँ। त्यसले मलाई प्रेरित गरेको छ।’