चौधरी उद्योग ग्राममा लागेको आगलागि नियन्त्रण

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योग ग्राममा आज विहान लागेको आगो अहिले नियन्त्रणमा आएको छ ।

उद्योगको नेपाल आइस वियर प्लान्टमा विहान साढे ८ बजेको समयमा लागेको आगो दिउसो करिब १ बजे नियन्त्रणमा आएको प्रशासन प्रमुख दामोदर पौडेलले जानकारी दिनुभयो ।

 

रामग्राम नगरपालिका, बर्दघाट नगरपालिका, कावासोती नगरपालिका, भरतपुर महानगरपालिका, भरतपुर एयरपोट र खैरहनी नगरपालिकाको गरी ६ वटा दमकल, प्रहरी र कामदारको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।


वियर प्लान्टको गोदाम र बोटलिङ क्षेत्रमा आगोले पूणर्रुपमा क्षती पुराएको छ भने आगो अन्यत्र नफैलियोस भनेर गोदामलाई एक्साभेक्टरको प्रयोग गरी भत्काईएको छ ।

विधुत सर्टका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ भने क्षतीको विवरण आउन बाँकी छ । आगलागिबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । यस कम्पनीले नेपाल आईस,रियल गोल्ड, मुस्ताङ लगाएका बियर उत्पादन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.