एकैदिन ११ सयले घट्यो सुनकाे भाउ, ताेलाकाे कति ?

काठमाडौं । सुनको भाउ आज एक हजार एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

यसअघि, मंगलबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ तोकिएको छ ।

चाँदीको भाउ पनि प्रतितोलमा २५ रुपैयाँले घटेको छ । मंगलबार एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ७० रुपैयाँ निर्धारण गरिएको छ ।

कर्पोरेट र नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा नबिकेकाे शेयर लिलामीमा आउने

कर्पोरेट डेभलपमेन्ट बैंक (CORBL) र नारायणी डेभलपमेन्ट बैंकले हकप्रदमा बिक्री नभएका शेयर लिलामिमार्फत बिक्री गर्ने भएका छन्।

कर्पोरेट डेभलपमेन्ट बैंकले यसअघि माघ ७ गतेदेखि फागुन १३ गतेसम्म जारी गरेको हकप्रद शेयरमा सर्वसाधारण समूहको १ लाख २० हजार १२० कित्ता शेयर बिक्री नभएपछि बोलकबोलमार्फत बिक्री गर्न लागेको हो।

हकप्रद शेयरमा सिभिल क्यापिटल तथा सिभिल बैंकका तोकिएका शाखा कार्यलय र कर्पोरेट डेभलपमेन्ट बैंकको तोकिएका कार्यलयहरुबाट चैत २४ गतेसम्म आवेदन दिन सकिने छ।

उक्त लिलामी शेयर खरिद गर्न चाहनेले न्युनतम १० रुपैयाँ अंकित गरी बढाबढ रुपमा बोलपत्र पेश गर्न सक्नेछन्। आवेदकले न्युनतम १०० कित्ता शेयर खरिदको लागि आवेदन दिनुपर्ने छ।

यसैगरी नरायणी डेभलपमेन्ट बैंकले पनि हकप्रदमा बिक्री नभएका १ लाख ३१ हजार ९९८ कित्ता संस्थापक र १३ हजार ६५१ कित्ता साधारण शेयर लिलामिमा ल्याएको छ। कम्पनीको लिलामि शेयरमा चैत १७ गतेसम्म आवेदन दिन सकिने छ।

शेयर खरिदको लागि बिक्री प्रबन्धक गेलबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यलयहरु मार्फत आवेदन दिन सकिने छ।

 

Leave a Reply

Your email address will not be published.