नेपाल पपुवा न्युगिनीसँग ६ रनले पराजित

काठमाडाैं । पपुवा न्युगिनीसँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ६ रनले पराजित भएको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पपुवा न्युगिनीले दिएको २९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले आठ विकेटको क्षतिमा २८६ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक १२६ रन बनाए। उनले १०९ बलमा चार छक्का र सात चौका प्रहार गरे।

त्यस्तै, आरिफ शेखले ३४, कुशल भुर्तेलले ३२, सोमपाल कामी र कमलसिंह ऐरीले १८-१८ तथा भीम सार्कीले १७ र दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए।

पपुवा न्युगिनीका लागि नर्मन भनुवाले तीन, चाल्र्स अमिनी र असद भालाले दुई-दुई तथा नोसैना पोकनाले एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले आठ विकेटको क्षतिमा २९२ रन बनाएको थियो। पपुवा न्यूगिनीका लागि चार्ल्स अमिनी र असद भलाले अर्धशतक प्रहार गरेका छन्। अमिनीले ७७ र भलाले ६० रन बनाए।

त्यस्तै, पपुवा न्यूगिनीका लागि नर्मल भनुआले ४७, टोली उराले ३८, रिले हेकुरले ३१ र जसुन किलाले १३ रन बनाए। पपुवा न्यूगिनीले २० अतिरिक्त रन पाएको छ।

नेपालका कमलसिंह ऐरी, सोमपाल कामी र प्रदीपसिंह ऐरीले दुई-दुई विकेट लिए। त्यस्तै, सन्दीप लामिछाने र पवन सर्राफले एक-एक विकेट लिए।

नेपाल र पपुवा न्युगिनीबीच दोस्रो एकदिवसीय खेल शनिबार बिहान ९ः३० बजे त्रिवि मैदानमा हुनेछ।

Leave a Reply

Your email address will not be published.