अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सको पुनरागमन जित

काठमाडौं ।अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले अफ्रिकी प्रतिद्धन्द्धी आइभोरी कोस्टमाथि पुनरागमन जित निकालेको छ।

फ्रान्सले घरेलु मैदान मार्सेमा शुक्रबार राति भएको खेलमा आइभोरी कोस्टलाई २–१ ले पराजित गरेको हो।

घरेलु टोलीको जितमा ओलिभर जिरुड र एरोलिइन चुओमेनीले गोल गरे। यता, आइभोरी कोस्टका निकोलस पेपेको गोल सान्त्वना बन्यो।

खेलको १९औं मिनेटमा निकोलस पेपेको गोलबाट फ्रान्सले सुरुAती अग्रता लिएको थियो। उनले इब्राहिम सानगारेको पासमा गोल गरे।

तर, २२औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एरोलिइन चुओमेनीले गोल गर्दै फ्रान्सलाई पुनरागमन जित दिलाए।

विश्वकप छनौट : मेस्सीसहितको गोलमा अर्जेन्टिना विजयी

विश्वकप फुटबलको छनौट अन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको खेलमा अर्जेन्टिना विजयी भएको छ । नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलामाथि ३–० को जित दर्ता गरेको हो ।

अर्जेन्टिनाका लागि ३५ औँ मिनेटमा निकोलास गोन्जालेज, ७९ औँ मिनेटमा एन्जल डी मारिया र ८२ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरेका हुन् ।

अर्जेन्टिना यसअघि नै यो वर्ष कतारमा हुने विश्वकपका लागि छनौट भइसकेको छ । दक्षिण अमेरिकी क्षेत्रका देशहरुको समूहमा अर्जेन्टिना १६ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा छ ।

शीर्ष स्थानमा रहेको ब्राजिलको ४२ अंक छ । शुक्रबार भएको खेलमा ब्राजिलले चिलेलाई ४–० ले पराजित गरेको थियो । उसका लागि नेइमार, भिनिसिअस जुनियर, फिलिप कोन्टिन्हो र रिचार्लिसनले गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published.