चिनियाँ विदेशमन्त्री वाङका आज के के छन् कार्यक्रम ?

काठमाडौँ । नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता थाल्दै छन्।

उनी शनिबार बिहानै शिवपुरीको हाइकिङका लागि निस्किएका छन्। त्यहाँबाट फर्किएपछि उनी राजनीतिक भेटवार्तामा व्यस्त हुने कार्यतालिका रहेको छ।

चिनियाँ विदेशमन्त्री वाङ शुक्रबार दिल्ली हुँदै काठमाडौँ आइपुगेका हुन्। उनले सिंहदरबारमा शनिबार परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्नेछन्।

भेटवार्ताका क्रममा द्विपक्षीय हितका विषयमा कुराकानी हुने र सहमतिपत्रहरुमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

विदेशमन्त्री वाङ शनिबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटार जाने छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भने आइतबार बिहानमात्रै भेटवार्ता गर्ने कार्यक्रम छ।

उनले आइतबार नै पूर्वप्रधानमन्त्रीद्वय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायतसँग भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

 

Leave a Reply

Your email address will not be published.