शाखा अधिकृतको लिखित परीक्षा स्थगित

काठमाडौँ । लोकसेवा आयोगले लिन लागेको शाखा अधिकृतको प्रथम पत्रको लिखित परीक्षा स्थगित भएको छ ।आयोगका उपसचिव एकनारायण शर्माले आइतबार सूचना जारी गर्दै परीक्षा स्थगित गरिएको जनाएका छन् ।

सूचनामा सर्वोच्च अदालतबाट भएको अल्पकालीन अन्तरिम आदेशको कार्यान्वयन गर्ने क्रममा परीक्षा स्थगित गरिएको उल्लेख छ । चैत २६ गते शनिबार ११ बजे प्रथम पत्रको परीक्षा हुने तय भएको थियो ।

दुई दिन उम्मेदवारी दर्ता गर्न पाइने निर्णय आयोगले सच्याउनुपर्छ: एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी स्थानीय निर्वाचनमा दुई दिन उम्मेदवारी दर्ता गर्न पाइने नियम सत्तारूढ दललाई अनुकूल हुने गरी ल्याइएको दाबी गरेको छ।

स्थायी कमिटीको पहिलो बैठकले यस्तो निर्णय सच्याउनुपर्ने ठहर गरेको एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

“मनोनयनका लागि दुई दिनको समय दिइएको छ, यो सत्तारूढ दललाई अनुकूल हुने गरी गरिएको निर्णय हो,” गुरुङले भने, “यस्तो अनुचित निर्णय तत्काल सच्याउन हाम्रो पार्टी माग गर्दछ।”

आयोगले ११ र १२ वैशाखमा उम्मेदवारी दर्ता गर्नुपर्ने कार्यतालिका सार्वजनिक गरेको छ। एमालेले मनोनयनका लागि एक दिन मात्रै दिनुपर्ने माग गरेको हो।

स्वतन्त्र, निष्पक्ष, भयरहित र धाँधलीरहित रूपमा निर्वाचन सम्पन्न गर्नु संवैधानिक दायित्व भएको आयोगले परामर्श र औचित्वय विनै मतपत्रको रङ परिवर्तन गरेको भन्दै एमालेले विरोध जनाएको छ।

निर्वाचन तालिका समेत प्रकाशित भइसकेको अवस्थामा सरकारले कर्मचारी र प्रहरी प्रशासनमा सरुवा गरेको एमालेको दाबी छ। उपमहासचिव गुरुङले भने, “मतदाता प्रभावित गर्ने गरी विभिन्न निर्णय गरेकोप्रति गम्भीर आपत्ति प्रकट गर्दछौं।”

Leave a Reply

Your email address will not be published.