राप्रपाले गठन गर्‍यो २० सदस्यीय कार्यसम्पादन समिति, को-को परे? (सूची)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार आज कार्यसम्पादन समिति गठन गरेका हुन्।

विधानअनुसार ३३ सदस्यीय समिति बनाउनुपर्ने भए पनि अहिले २० सदस्यीय समिति बनाइएको प्रवक्ता मोहन श्रेष्ठले बताए। ‘कार्यसम्पादन समितिमा बाँकी १३ जना सदस्य पनि अध्यक्षले छिट्टै मनोनीत गर्नुहुन्छ,’ उनले भने।

समितिमा अध्यक्ष लिङ्देन, उपाध्यक्षहरू बुद्धिमान तामाङ, बिक्रम पाण्डे, ध्रुबबहादुर प्रधान, रोशन कार्की, हेमजङ्ग गुरुङ, मुकुन्द श्याम गिरी छन्।

साथै महामन्त्री धवलशमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरूङ, प्रल्हाद साह पनि कार्यसम्पादन समितिमा छन्।

केन्द्रीय सदस्य दीपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर, जयन्त चन्द, टंक ढकाल, ठाकुरप्रसाद शर्मा, ऋषिबाबु परियार पनि केन्द्रीय कार्यसम्पादन समितिमा समेटिएका छन्।

कांग्रेसले आज चुनावी तालमेलबारे निर्णय गर्ने

सत्तारूढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको छ ।

गएको शुक्रबारदेखि जारी बैठक आज सकाउने तयारी छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आजको बैठकबाट कांग्रेसले चुनावी तालमेलका विषयमा निर्णय गर्ने सम्भावना छ ।

तालमेलको पक्ष/विपक्षमा निरन्तर विभिन्न धारणा आइरहे पनि पार्टीले आवश्कताको सिद्धान्तानुसार तालमेलको पक्षमा निर्णय लिने उनको भनाइ छ ।

“साथीहरूले केही न केही गठबन्धनको आवश्यकता छ भनेर भन्नुभएको छ । पार्टीलाई बढीभन्दा बढी सिट जिताएर सफल बनाउन कतिपय ठाउँमा गठबन्धन गर्न जरुरी छ ।

भोलिसम्म साथीहरू बोलेपछि मोडालिटीबारे हामी निर्णयमा पुग्छौँ,” आइतबारको बैठकपछि प्रवक्ता महतले भनेका थिए ।

यस्तै, सबैभन्दा धेरै चासो भरतपुर महानगरपालिकामा भइरहेको र त्यसका विषयमा पनि निचोडमा पुग्ने एक नेताले बताएका छन् ।

बैठकमा आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचका लागि पार्टीले गरेको एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔं’ अभियानको समीक्षा जारी छ ।

स्थलगत भ्रमणबाट फर्किएका सभापति शेरबहादुर देउवानिकटकै केन्द्रीय सदस्यले पनि चुनावी तालमेलको विपक्षमा मत राखेका छन् । यद्यपि, उनी तालमेल गर्ने पक्षमा छन् ।

रामचन्द्र पौडेलसहितका शीर्ष नेता तालमेलको पक्षमा देखिएका छन् । नेता शेखर कोइराला समूह भने तालमेलको विपक्षमा छ ।

 

Leave a Reply

Your email address will not be published.