प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाने, कहिले भेट्छन् माेदीलाई श्र

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा औपचारिक भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा चैत १८ गते नयाँदिल्ली प्रस्थान गर्नेछन् ।

परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक जानकारी गराएको हो । भारत रहँदा प्रधानमन्त्री देउवाले वाराणासी र उत्तर प्रदेशको भ्रमण गर्ने मन्त्रालयले जनाएको छ ।

यसपटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो राजकीय भ्रमण हो । प्रधानमन्त्री देउवा र समकक्षी नरेन्द्र मोदीबीच शनिबार हैदरवाद हाउसमा द्विपक्षीय वार्ता हुने छ ।

भारतीय प्रधानमन्त्री मोदीले सम्मानसहित नेपाली भ्रमण टोलीलाई सोही दिन दिवा भोज आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रधानमन्त्री देउवाले नयाँदिल्लीमा व्यापारीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। तीन दिने औपचारिक भ्रमणपछि प्रधानमन्त्री आइतबार स्वदेश फर्किनेछन् ।

दोहोर्‍याएर वैदेशिक रोजगारीमा जाँदा अभिमुखीकरण कक्षा लिनुनपर्ने

एकपटक वैदेशिक रोजगारमा गएर फर्किएकाहरुले फेरि विदेश जाँदा अभिमुखीकरण तालिमको कक्षा लिनु नपर्ने भएको छ । अहिले नयाँ श्रम स्वीकृति लिएर जाने जोसुकैले पनि अभिमुखीकरण लिनुपर्ने व्यवस्था थियो ।

मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सोमबारदेखि विदेश गएर फर्किएका र उही काममा विदेश जानेहरुले फेरि अभिमुखीकरण लिनुपर्ने बाध्यात्मक व्यवस्था हटाएको जानकारी दिए ।

विदेश गएर अनुभव हासिल गरिसकेकालाई त्यस्तो कक्षा आवश्यक नपर्ने निष्कर्ष निकालेर पुरानो व्यवस्था हटाइएको मन्त्रालयको भनाइ छ ।

अब वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु भएका श्रमिककका परिवार र अंगभंग भएकालाई दिइने क्षतिपूर्तिसमबन्धी सेवा पनि वैदेशिक रोजगारको मुख्य अनलाइन प्रणालीमा आवद्ध गरिएको छ ।

यसअनुसार अब बोर्डमार्फत क्षतिपूर्ति लिन अनलाइनबाटै आवेदन दिएर सीधै बैंक खातामा भुक्तानी लिन सकिनेछ । यसले पीडित श्रमिक र उनीहरूको परिवारलाई क्षतिपूर्ति र बीमा रकम पाउन सहज हुने सरकारको विश्वास छ ।

पत्रकार सम्मेलनमार्फत मन्त्री श्रेष्ठले आफूले अहिलेसम्म गरेका काम र गर्ने योजनाहरु पनि सार्वजनिक गरेका छन् । उनले आगामी जुनभित्र कतारसँग नयाँ श्रम समझदारीको हस्ताक्षर गर्ने सहमति भएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *