एक दिवसीय क्रिकेटमा पपुवा न्यूगिनीसँग नेपालको बदला

काठमाडौं । त्रिदेशीय टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराएको छ । नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर २ बलमा एक सय ६८ रनमा अलआउट भयो ।

पीएनजीका नोरमान भानुआले सर्वाधिक ५२ रन बनाए । यस्तै सेसे बाउले ३०, चार्ल्स अमिनीले २२ र लेगा सिकाले २१ रन जोडे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले तीन/तीन विकेट लिए । यस्तै अविनाश बोहराले दुई र सोमपाल कामीले एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८३ रन बनायो ।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ४३ रन बनाए । यस्तै रोहित पौडेलले ३४, आरिफ शेखले ३१ र कुशल भुर्तेलले २० रन जोडे ।

बलिङतर्फ पीएनजीका एली नाओ, चाद सोपर र चार्ल्स अमिनीले २/२ विकेट लिए । नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित त्रिदेशीय टी–२० शृङ्खला आजदेखि सुरु भएको हो ।

नेपालले दोस्रो खेलमा पर्सि बुधवार मलेसियासँग र आगामी बिहीबार पपुवा न्युगिनीसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published.