असारे विकासको अन्त्य गर्दै तमानखोला

बलेवा । कतिपय पालिकामा तेस्रो चौमासिक लागेपछि मात्रै योजना सम्झौता गर्ने र हतारहतार काम गरेर भुक्तानी लैजाने चलन छ ।  जिल्लाका विकासे कार्यालयमा पनि यो क्रम छ ।

तर, तमानखोलाले चालु वर्षका अधिकांश योजना सम्पन्न गरिसकेको छ । चालु आर्थिक वर्षको लागि सूचीकृत भएका ८३ योजनामध्ये तमानले १८ वटा फरफारक गरिसकेको छ भने ४७ को काम सकेको हो ।

बाँकी १७ योजना मात्रै निर्माणाधीन छन् । सडक, भवनलगायतका धेरै काम सकिएको इञ्जिनीयर अर्जुन यादवले बताउनुभयो ।

नेपाल सरकारको सशर्त अनुदानमा सञ्चालित हुने बोङगादोभान, बोङखानी ढोरपाटन सडक मात्रै बोलपत्र प्रक्रियामा पुगेको उहाँले बताउनुभयो ।

‘आफ्नो बजेटबाट गर्ने कामलाई हामीले कात्तिकमै बोलपत्र प्रक्रियाबाट टुङ्ग्याएका थियौंँ’, यादवले भन्नुभयो, “कतिपय योजना उपभोक्ता समितिमार्फत् गरिएकोले ती योजना पनि कात्तिक मङ्सिरमै सम्झौता गर्दै काम थाल्दै भएका थिए ।”

चालु वर्ष सम्पन्न गर्नुपर्ने विद्यालयका भवन पूरा भएर भुक्तानी भइसकेको, ग्रामीण सडक मर्मतका काम पनि समयमा भएको अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।

“प्रदेश सरकारको रणनीतिक योजनामा समेटिएको एउटा सडकमा भने दोहोरोपन हुने भएर हामीले लगानी गरेनौंँ, त्यही सडकमा बरु काम भएको छैन”,

बुढाले भन्नुभयो, “उपभोक्ता समितिबाट गरिने धेरै काम समयमा भएका छन् ।” निर्माण व्यवसायीमार्फत् गर्ने काममा भने ताकेता गर्नुपरेको उहाँले बताउनुभयो ।

तमान गाउँको विद्यालय खेलमैदान निर्माण, स–साना बस्तीसम्म पुग्ने ग्रामीण सडक समयमै बनेर अनुगमन पनि भएको हो । त्यस्तै बोङगादोभान खोलेस्वाङ मोटरबाटो मर्मत, बराहताल घेराबार,

भयरबोङगादेखि खोलेस्वाङ जाने पहुँच सडक निर्माण सम्पन्न भएको हो । कृषि, पशुपालन, खानेपानीलगायतका योजनामा पनि नियमित काम भएको बुढाले बताउनुभयो ।

वडा नंं ४ मा ५० लाखको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ । बालबालिकालाई विद्यालय जान अप्ठ्यारो भएकोमा यो पुल बनेपछि सहज भएको वडाध्यक्ष उदिम छन्त्यालले बताउनुभयो ।

प्रविधिले न्याय सम्पादनमा सजिलो

चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा मात्रै उच्च अदालत पोखरा, बागलुङ इजलाशले २६५ मुद्दा फैसला ग¥यो । लक्ष्य राखिएको ३२० मुद्दामध्ये फैसला भएका मुद्दाको सङ्ख्या हेर्दा ६९.१९ प्रतिशत मुद्दा आठ महिनामा फछ्र्यौैट भएका छन् ।

साबिकको पुनरावेदन अदालत र हालको उच्च अदालतको तथ्याङ्क हेर्दा यो दश वर्षयताकै एकै वर्षमा धेरै मुद्दा फछ्र्यौट भएको तथ्याङ्क हो । आर्थिक वर्ष ०७४÷७५ मा दर्ता भएका १४३ मध्ये ९६ मुद्दा फैसला भएका थिए ।

०७५÷७६ मा २७३ मध्ये १५१, आव ०७६÷७७ मा २७३ मध्ये १५५ र आव ०७७÷७८ मा २९८ मध्ये १३४ मुद्दा फछ्र्याैट भएका छन् ।

कोरोना महामारीका बीचमा पनि इजलासले चालु आवमा मुद्दा फछ्र्यौटमा प्रगति गरेको छ । कोरोना समयमा अनलाइन सुनुवाइ सुरु गरेको इजलासले अनलाइन प्रविधिबाट सुनुवाइ जारी राखेकै कारण

पहिलोपटक धेरै मुद्दाको फैसला गर्न सकेको हो । “हामीले कोरोना महामारीका समयमा अनलाइन सुनुवाइ सुरु गरेका थियौँ, अन्य कार्यालयको प्रगति कोरोनाका कारण कम हुँदा हाम्रो प्रगति धेरै भएको छ,”

उच्च अदालत पोखरा, बागलुङ इजलासमा मुख्य भई काम गर्ने न्यायाधीश द्वारिकामान जोशीले भन्नुभयो, “अप्ठयारो परिस्थितिमा पनि सहज हिसाबले काम गरेर जनतालाई न्याय दिएको भनेर इजलासले सर्वोच्चबाट धन्यवाद पायो ।”

अदालतमा प्रविधिको प्रयोग, मुद्दाको टुङ्गो लगाउनका लागि समय तालिका र न्यायाधीश तथा कर्मचारीको काम गर्ने इच्छाशक्तिका कारण अदालतले सोचेभन्दा बढी प्रगति गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अहिले बागलुङ, पर्वत, म्याग्दी र त्योभन्दा बाहिरका जिल्लामा रहेका वादी प्रतिवादीहरु अनलाइनमार्फत सुनुवाइमा सहभागी हुने गरेका छन् ।

आर्थिक अभावका कारण कानुनी उपचार नगराउनेहरुलाई समेत अनलाइन प्रविधिले सहयोग गरेको उहाँले बताउनुभयो । अदालतमा वैतनिक अधिवक्ताको व्यवस्था रहेकाले कोही कसैले पैसाको अभाव छ भनेर अन्यायमा नबस्न उहाँले आग्रह गर्नुभयोे ।

उच्च अदालत पोखरा, बागलुङ इजलासमा १८ महिना समय पार गरेका कुनै पनि मुद्दा नरहेको रजिस्ट्रार नेत्रप्रसाद भुसालले बताउनुभयो । उहाँका अनुसार ११८ मुद्दामा फैसला हुन बाँकी छन् ।

Leave a Reply

Your email address will not be published.