अप्रिलमा बन्दैछ दुर्लभ विशेष संयोग, थाहा पाउनुहोस् कस्को भाग्य चम्किन्छ ?

काठमाडाैं । अप्रिल महिनामा  राहु-केतु, क्रूर ग्रह शनि र परम शुभ ग्रह बृहस्पति सहित सबै ९ ग्रहहरुको राशि परिवर्तन हुनेछ । जान्नुहोस् यी ग्रहहरुको परिवर्तनले कुन राशिमा सबैभन्दा धेरै शुभ प्रभाव पर्नेछ ।

ज्योतिषीय दृष्टिकोणले अप्रिल महिना धेरै विशेष रहने छ। किनभने यो महिना सबै ९ ग्रह मंगल, बुध, शनि, बृहस्पति, शुक्र, चन्द्रमा, राहु, केतु र सूर्यले आफ्नो राशि परिवर्तन गर्न लागेका छन् ।

यीमध्ये केही ग्रह यस्ता छन् जसको राशि परिवर्तन लामो समयपछि हुन लागेको छ । यी ग्रहहरू राहु-केतु, शनि र बृहस्पति हुन्। जान्नुहोस् ग्रह र नक्षत्रमा हुने यो परिवर्तनले कुन राशिमा सकारात्मक प्रभाव पार्छ ।

वृष राशिका व्यक्तिहरुको आर्थिक पक्ष बलियो रहनेः यो महिना प्रायः हरेक क्षेत्रमा सुनौलो सफलता मिल्ने देखिन्छ । भाग्यको पूर्ण सहयोग मिल्नेछ ।

कार्यस्थलमा तपाईको प्रतिष्ठा बढ्नेछ। पढ्ने र लेख्ने बालबालिकाका लागि यो समय राम्रो रहनेछ। आर्थिक अवस्था पहिले भन्दा राम्रो हुनेछ। व्यवसायीहरूको कुनै पनि सम्झौता अन्तिम हुन सक्छ।

मिथुन राशिका नोकरी गर्नेलाई पदोन्नति मिल्नेछ : यस राशिका व्यक्तिले विभिन्न क्षेत्रमा समृद्धि मिल्नेछ । कामदारले पदोन्नति पाउनेछन् । व्यापार विस्तार हुनेछ ।

काममा आम्दानीका नयाँ बाटो खुल्नेछन् । प्रेम जीवन अद्भुत रहनेछ। वैदेशिक रोजगारीमा जान चाहनेहरुको सपना साकार हुनसक्छ ।

कर्कट राशि हुनेहरुको आम्दानी बढ्नेछ : ग्रहमा हुने परिवर्तनले तपाईमा सकारात्मक प्रभाव पार्ने देखिन्छ । आर्थिक अवस्था पहिले भन्दा राम्रो हुनेछ। रोजगारीका अवसरहरु प्रशस्त हुनेछन् ।

आम्दानीमा वृद्धि हुने प्रबल सम्भावना छ । धेरै रोगबाट छुटकारा पाउन सकिन्छ। यात्राबाट पनि राम्रो आम्दानी गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *