दोलखामा रित्तिँदै माधव नेपालको पार्टी, एमाले मै फर्कियो उपाध्यक्षसहितको टोली

काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी दोलखा जिल्लामा रित्तिने अवस्थामा पुगेको छ। नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष भुवन केसीसहितको टोली विहीबार एमालेमा फर्किएको छ।

कांग्रेसको सेवा गर्न माधव नेपाल उद्दत रहेपछि टोलीसहित फर्किएको केसीले बताएका छन्। यस्तै, उक्त पार्टीको युवा संघका केन्द्रीय सदस्य श्याम तामाङसहितका युवा पनि एमाले फर्किएका छन्।

एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङले उनीहरूलाई स्वागत गरेका हुन्। केन्द्रीय सदस्य तथा दोलखा इञ्चार्ज सरस्वती बस्नेत, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठलगायतका नेताले पनि स्वागत गरेका थिए।

केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचन संयन्त्र निर्माण

सत्ता गठबन्धनले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एकताबद्ध भएर जाने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एकतावद्ध भएर निर्णय गरेको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिएका छन् ।

महानगरपालिकाको निर्णय केन्द्रबाटै गर्ने र अन्य पालिकाका लागि स्थानीय कमिटीलाई निर्णय गर्न दिइने खनालले बताए।

त्यसका लागि सबै दलको संयन्त्र बनाउने विषयमा समझदारी भएको उनले बताए । बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि खनालले जानकारी दिए।

त्यस्तै बैठकले केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनका लागि संयन्त्र निर्माण गर्ने, स्थानीय तहको निर्वाचनमा गठबन्धन सम्बद्ध दलहरूले गठबन्धनमा मात्र चुनावी तालमेल गर्ने निष्कर्ष निकालेको प्रचण्डको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.