शिक्षक लाइसेन्सको सूचना यहि चैत अन्तिममा, असारमा परीक्षा (आयोगकाे तालिकासहित)

काठमाडाैं । शिक्षक सेवा आयोगले तीनै तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को सूचना यहि चैत अन्तिममा जारी गर्ने भएको छ ।

आयोगले मिति भने तोकेको छैन । आयोगले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहको अध्यापन अनुमतिपत्रको सूचना चैत अन्तिममा जारी गर्ने भएको हो ।

आयोगका अनुसार परीक्षा २०७९ को असारमा हुनेछ भने नतिजा असोजमा सार्वजनिक गरिनेछ । अध्यापन अनुमतिपत्र वितरण मंसिर महिनामा गरिने

आयोगको वार्षिक कार्यतालिकामा उल्लेख छ । हालसम्म सात लाख जना भन्दा बढीले शिक्षण अध्यापन अनुमति पत्र लिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार हालसम्म प्राथमिक तहमा दुई लाख दुई हजार ७१२ जनाले, निम्न माध्यामिक तहमा तीन लाख सत्तरी हजार १२ जनाले र माध्यामिक तहमा एक लाख ४४ हजार तीन सय ८१ जना गरी सात लाख १७ हजार एक सय पाँच जनाले लाइसेन्स लिएका छन् ।

यस्तो छ आयोगको कार्यतालिका:

शिक्षक सेवा आयोगको परीक्षामा सेटिङ, यस्तोसम्म भएको रहेछ!

शिक्षक सेवा आयोगको जारी परिक्षामा दलालहरुले प्रश्न पत्र आउट गरेको आशंका वढेको छ। तीन लाख रुपैयाँमा प्रश्न पत्र हातमा पुर्यादिने भन्दै पैसाको दलाली भईरहेको अडियो रेकर्ड सार्वजनिक भएपछि प्रश्न पत्र आउट भएको आशंका गरिएको हो ।

तीन लाख रुपैयाँमा प्रश्न पत्र हातमा पाईने भन्दै कुराकानी भएको अडियो रेकर्डमा डेढ लाख रुपैयाँ तत्काल र डेढ लाख रुपैयाँ पछि दिँदा हुने जनाईएको छ।

दुई जनाको सम्वादमा दिपा नामकी महिलाको नाम लिईएको छ । तर, सम्वाद गर्ने को–को हुन र कहाँबाट प्रश्न पत्र आउँछ भन्ने कुरा खुलेको छैन।

पैसा दिएपछि प्रश्नपत्र पाइन्छ, भन्दै एक ब्यक्तिले अर्का ब्यक्तिलाई पैसा पठाउँन दबाव श्रृजना गरिरहेको अडियोमा सुन्न सकिन्छ। कुरामा कुनै तलमाथि हुँदैन एक सय प्रतिशत प्रश्न पत्र पाईन्छ भन्दै उनले विश्वास दिलाईरहेका छन् । काम नभए तत्कालै पैसा फिर्ता हुने पनि उनले जनाएका छन् ।

अर्को तर्फ सेडेप नेपालका श्रोत ब्यक्ति डा। दत्तात्रय दहालले लेखेको ‘गुरु’ र ‘गुरु टु’ नामको पुस्तकबाटै प्रश्नपत्र आउने भन्दै प्रचार गरिएको भिडियो पनि सार्वजनिक भएको छ।

दहालले लेखेका दुई वटा पुस्तक मध्ये ‘गुरु’ बजारमा उपलब्ध हुनु र ‘गुरु टु’ नामक पुस्तक सम्बन्धित इन्स्टिच्युटमा अध्ययन गर्ने बिधार्थीलाइ मात्र बितरण गरी बजार नपठाउनु र अधिकाशं प्रश्न उही पुस्तकबाट,

उही स्वरुपमा अलिकति पनि परिमार्जन नगरी समावेश हुनु संयोग मात्र नभएकोले यस्को निश्पक्ष छानविन गर्नु पर्ने आवाज उठिरहेको छ।

Leave a Reply

Your email address will not be published.