सुनको मूल्य घट्यो, कति छ ताेलाकाे

काठमाडौं । सोमबार सुन तथा चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले तय गरेको खरिद बिक्री मूल्य अनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ ।

सोमबार छापावल सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार दुई सय रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएको छ ।

आइतबार ९९ हजार ३ सय रुपैयाँमा छापावल र ९८ हजार ८ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो भने चाँदीको १३ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।

पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना

पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको छ ।

सम्झौता अनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रा.ली.सँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन ।

सोमबार सार्वजनिक सूचना निकालेर कोषले धर्मशालामा रहेका सरसामान हटाउन भनेको छ ।

Leave a Reply

Your email address will not be published.