रामचन्द्र पाैडेललाई सत्ता गठबन्धनले दियाे यति ठूलाे जिम्मेवारी

काठमाडाैं । सत्तारुढ दलहरूले नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तह निर्वाचनका लागि तयारी तथा अनुगमन समिति गठन गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान बसेको बैठकले समितिले गठन गर्ने निर्णय गरेको हो।

समितिका सदस्यहरू कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)बाट सचिवालय सदस्यद्वय वर्षमान पुन र देव गुरुङ, नेकपा (एकीकृत समाजवादी)बाट

महासचिव वेदुराम भुषाल र उपमहासचिव विजय पौडेल, जनता समाजवादी पार्टी (जसपा)बाट वरिष्ठ नेता अशोक राई र केन्द्रीय कार्यकारणी समिति सदस्य रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट सचिव हिमलाल पुरी रहेका छन्।

तालमेलको मोडालिटी तयार पार्न बुधबार समितिको बैठक बस्ने भएको छ।

चुनावमा बालबालिका प्रयोग नगर्ने दलहरूको प्रतिबद्धता 

सुदूरपश्चिमका राजनीतिक दलका नेताहरूले आगामी स्थानीय चुनावमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्।

नेकपा (एमाले) का कैलाली जिल्ला सचिव डेजी पाण्डेय, नेपाली कांग्रेसका प्रदेश सदस्य रामबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का निर्मल शाह, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष भैरव रावलले चुनावमा बालबालिका प्रयोग नगर्ने बताएका हुन्।

शिक्षक, विद्यार्थी, पत्रकारले भने चुनावमा बालबालिका, विद्यालय भवन, सवारी साधन प्रयोग नगर्ने कुरा व्यवहारमा लागू हुनेमा आशङ्का व्यक्त गरे।

शिक्षा अधिकार अनुगमन समूह, सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको निर्वाचन आचारसंहिता र राजनीतिक दलका घोषणापत्रमा बालबालिकाको सवालमा सोमबार प्रदेश स्तरीय छलफल तथा सुझाव हस्तान्तरण कार्यक्रम दलका नेताहरूलाई सुझावपत्र बुझाइएको थियो।

सुझावपत्रमा राजनीतिक दलले घोषणापत्रमा समावेश गर्नुपर्ने प्रमुख विषयहरू समेटिएका छन्। पाँच सयभन्दा बढी नागरिक संस्थाहरूतर्फबाट २० वटा संस्थाले २१ बुँदे सुझाव पेश गरेका छन्।

Leave a Reply

Your email address will not be published.