सुनकाे भाउ फेरि बढ्याे, ताेलाकाे कति ?

काठमाडाैं । स्थानीय बजारमा सुनको भाउ बढेको छ। चैत २२ गते सुन तोलामा १०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन चाँदीको मूल्य भने घटेको छ।

आज छापावाल सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजाबी सुन प्रतितोला ९८ हजार ३०० रुपैयाँमा खरिदबिक्री हुँदैछ।

साताको दाेस्राे कारोबार दिन, सुन तोलामा ६०० रुपैयाँले गिरावट भएको थियो। सो दिन सुन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य भने ओरालो लागेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३४० रुपैयाँमा झरेको छ।

चाँदीको मूल्य निरन्तर दोश्रो दिन गिरावट भएको हो। अघिल्लो कारोबार दिन, चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।

निजी क्षेत्रलाई विद्युत् व्यापार अनुमति दिन सरकार तयार छ : ऊर्जामन्त्री भुसाल

ऊर्जा मन्त्री पम्फा भूषालले विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई अनुमति दिने कार्यविधि तयार भइसकेको जानकारी दिएकी छिन् ।

कार्यविधिलाई स्वीकृत गर्न कानुन मन्त्रालयमा पठाएको तर ऐनको अभावले त्यहि रोकिएको जानकारी उनले दिएकी हुन् । ‘कानुन मन्त्रालयले ऐनमा व्यवस्था नभएकाले कार्यविधि आउन नसक्ने राय पठाएको छ,’

उनले भनिन्, ‘संसद अवरोध भएर पास पनि हुन पाएन अध्यादेशबाटै भए पनि हामी नयाँ विद्युत् ऐन ल्याउने विषयमा गृह कार्य गरेका छौँ ।’

‘हिमालयन हाइड्रो एक्स्पो, २०२२’ अन्तर्गत सोमबार भएको अन्तरक्रियाको पहिलो सत्र नेपालको विद्युत् उत्पादन र खपत सत्रमा बोल्दै विद्युत् नियमन आयोगका

अध्यक्ष दिल्ली बहादुर सिहले नेपालको बिजुली खपत योजना बनाउनु पर्ने र भविश्यमा दक्षिण एसियामै पुग्ने सम्भावना रहेकाले उत्पादनमा जानु पर्ने सुझाव दिएका छन् ।

नेपालको भूगोल र आवश्यकता अनुसार सौर्य ऊर्जा प्रभावकारी हुने भएकाले त्यता लगानी बढाउन निजी क्षेत्रलाई सुझाव सिंहको छ ।

 

Leave a Reply

Your email address will not be published.