खाना पकाउने ग्यासको मूल्य बढ्याे, कति पर्छ अब ?

काठमाडाैं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले वृद्धि गरेको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले आजै राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेर १६ सय रुपैयाँ कायम गरेको हो ।

‘प्रत्येक एलपी ग्यास उद्योगबाट ५० किलो मिटर परिधिभित्र अनिवार्य रुपमा लागू हुने गरी समान बिक्री मूल्य रु १,६०० प्रति सिलिन्डर कायम गरिएको छ’, निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निगम संचालक समितिको मंगलबार बसेको बैठकले आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

यससँगै काठमाडौं लगायत सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोल र डिजेल–मट्टितेलको प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १६० र १४३ रुपैयाँ कायम गरिएको छ ।

यस्तै हवाई इन्धन आन्तरिक मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन अन्तर्राष्ट्रिय अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published.