सुनचाँदीकाे भाउ घट्याे, ताेलाकाे कति पर्छ ?

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको भाउ सामान्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ सय र चाँदी ५ रुपैयाँले घटेको छ ।

मंगलबार ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९८ हजार ५ सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९८ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

महासंघका अनुसार सुनको मूल्यसँगै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँ निर्धारण भएको छ । हिजो चाँदीको मूल्य १३ सय ४० रुपैयाँ कायम रहेको थियो ।

१६औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी जेठमा हुने, तयारी तीव्र

आगामी जेठ १९ देखि २३ गतेसम्म ‘नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९’ राजधानीमा आयोजना हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा १६औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो ।

मेड इन नेपाल अभियानको रुपमा स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला कोरोना महामारीको कारण विगत दुई वर्षदेखि स्थगित हुँदै आएको थियो ।

महासंघले दिएको जानकारी अनुसार महासंघका उपाध्यक्ष शोभा गुरुङ्गको संयोजकत्वमा ‘प्रदर्शनी आयोजक समिति’ गठन गरी यसको तयारीको काम शुरु भइसकेको छ ।

 

Leave a Reply

Your email address will not be published.