ट्वीटरले ल्यायाे नयाँ फिचर

काठमाडाैं । ‘एडिट बटन’मा काम भइरहेको ट्वीटरले पुष्टि गरेको छ । यो सुविधापछि पोष्ट भइसकेको ट्वीटलाई प्रयोगकर्ताहरूले चाहनाअनुसार सम्पादन अर्थात ‘एउडट’ गर्न सक्नेछन् ।

टेस्लाका प्रमुख एलोन मस्क नयाँ सञ्चालक समितिमा आएपछि उनले आफ्ना फलोअर्सहरुलाई ट्वीटरको पोलमा यो नयाँ फिचर आवश्यक भए वा नभएको सोधेका थिए । धेरै प्रयोगकर्ताले एडिट बटनका लागि आग्रह गर्दै आएका छन् ।

ट्वीटरले यो नयाँ फिचरलाई आगामी महिनाहरुमा परीक्षण सुरु गर्ने जनाएको छ । ट्वीटरले भनेको छ,‘सबैले सोधिरहेका छन्, हो हामीले गत वर्ष देखिनै एडिट फिचरका लागि काम गरिरहेका छौ ।’

‘हामीले यो विचार सर्वेक्षणबाट प्राप्त गरेका होइनौ,’ उसले थपेको छ, ‘हामीले आगामी महिनाहरुमा हुने गरी परीक्षण सुरु गरिरहेका छौ, सम्भव के हुँदैन र ?’’

१० करोड डलरले बढ्यो बिनोद चौधरीको सम्पत्ति

नेपालका एक मात्र अर्बपति विनोद चौधरीको सम्पत्ति एक वर्षमा १० करोड डलरले बढेको छ।

प्रतिष्ठित फोर्ब्स म्यागाजिनका अनुसार चौधरीको समग्र सम्पत्ति १ अर्ब ५० करोड डलर पुगेको छ। उनी यस वर्ष विश्वका अर्बपतिहरुको सूचीमा १९२९ औं स्थानमा रहेका छन्।

गत वर्ष विश्वका अर्बपतिहरुको सूचीमा उनी २१४१ औं स्थानमा थिए। गत वर्ष उनको सम्पत्ति पनि स्थिर देखिएको थियो।

फोर्ब्सका अनुसार चौधरीको सम्पत्ति सन् २०१९ मा सबैभन्दा धेरै १ अर्ब ७० करोड डलर पुगेको थियो। तर, सन् २०२० मा १ अर्ब ४० करोड डलरमा झरेको थियो।

फोर्ब्सका अनुसार यस वर्ष टेस्ला कम्पनीका सीईओ एलन मस्क अर्बपतिको सूचीमा पहिलो स्थानमा छन्। उनीसँग २ खर्ब १९ अर्ब डलरको सम्पत्ति छ। त्यस्तै दोस्रो स्थानमा जेफ बेजोस छन्। बेजोसको १ खर्ब ७१ अर्ब डलरको सम्पत्ति छ।

 

Leave a Reply

Your email address will not be published.