बिहान खाली पेटमा स्याउ खानुहोस्, मिल्छ यस्ताे फाइदा

काठमाडाैं । स्याउमा आइरन, प्रोटिन, भिटामिन पाइने भएकाले डाक्टरहरू सधैं बिहान खाली पेटमा स्याउ खाने बताउँछन् । साथै स्याउमा कार्बोहाइड्रेट पनि पाइन्छ ।

बिहान स्याउ खाँदा दिनभर शरीरमा ऊर्जा कायम रहन्छ । यस्तो अवस्थामा हामी तपाईलाई यहाँ बताउछौँ कि हरेक बिहान खाली पेटमा स्याउ खाँदा तपाईको स्वास्थ्यलाई के फाइदा हुन्छ । जानौं।

पोषक तत्वः स्याउमा फाइबर, एन्टिअक्सिडेन्ट र भिटामिन प्रचुर मात्रामा पाइन्छ। स्याउ खाली पेटमा खाँदा शरीरले स्याउमा रहेका यी सबै पोषक तत्वलाई सजिलै सोस्छ ।

शरीरमा आवश्यक पोषक तत्वको कमी पूरा हुन्छ, मध्यम आकारको स्याउमा पोटासियम र भिटामिन सी पनि पाइन्छ ।

इम्युनिटी– विभिन्न रोगसँग लड्न शरीरको प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन आवश्यक हुन्छ । हरेक बिहान खाली पेटमा एउटा स्याउ खाएमा रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सकिन्छ ।

स्याउमा भिटामिन सी, प्रोटिन र अन्य पोषक तत्व पाइन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

मुटु – खाली पेटमा स्याउ खाँदा मुटुलाई पनि स्वस्थ राख्छ । स्याउमा पाइने फाइबरले रक्तचाप नियन्त्रण गर्छ । यसका अलावा स्याउमा भिटामिन सी र पोटासियम पनि पाइन्छ, यी तत्वहरूले हृदय रोगको जोखिमलाई धेरै हदसम्म कम गर्छ।

तौल – यदि तपाई आफ्नो तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बिहान खाली पेटमा स्याउको सेवन गर्न सक्नुहुन्छ । हरेक बिहान एउटा स्याउ खाएमा तौल घटाउन सकिन्छ ।

स्याउमा फाइबरको मात्रा उच्च हुन्छ । यसको सेवनले लामो समयसम्म भोक लाग्दैन । यदि तपाईले धेरै खानबाट जोगिनु भयो भने तपाईको तौल बिस्तारै घट्न थाल्छ ।

सुन्निने– स्याउ सधैं बोक्रासँगै खानुपर्छ । खाली पेटमा स्याउको बोक्रा मिसाएर खाँदा पनि शरीर सुन्निने समस्यामा आराम मिल्छ । स्याउको बोक्रामा फ्लाभोनोइड क्वेर्सेटिन पाइन्छ जसले शरीरमा सूजन कम गर्न मद्दत गर्छ।

Leave a Reply

Your email address will not be published.