यी हुन् २० देशका लागि सिफारिस भएका राजदूत (नामसहित)

काठमाडौं । सरकारले २० देशमा राजदूत सिफारिस गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गठबन्धनमा रहेका दलहरूको प्रतिनिधित्व हुनेगरी राजदूतमा सिफारिस गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले जानकारी दिए ।

यी हुन् राजनीतिक रुपमा सिफारिस भएका राजदूत

ज्याेती प्याकुरेल, दक्षिण कोरिया, प्राडा रामसुरज राय यादव, डेनमार्क, नवराज सुवेदी, साउदी अरब, नरेश विक्रम ढकाल, विष्णुपुकार श्रेष्ठ, चीन,  दानबहादुर तामाङ, दक्षिण अफ्रिका,

शर्मिला पराजुली ढकाल, स्पेन बासुदेव मिश्र, श्रीलंका, मिलन तुलाधर, रुस, कैलाश पोखरेल, अस्ट्रेलिया, डिल्लीराज पौडेल, मलेसिया, शान्ता रिजाल, इजराइल

यस्तै करिअर डिप्लोम्याट परराष्ट्र सेवाका ८ जना कर्मचारीलाई पनि विभिन्न देशको राजदूतमा रिफारिस गरिएको छ ।

परराष्ट्र सेवाबाट राजदूत सिफारिस हुनेहरूमा हरिशचन्द्र घिमिरे, डोरनाथ अर्याल, घनश्याम भण्डारी, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले, दुर्गाबहादुर सुवेदी, सुशीलकुमार लम्साल र तिर्थराज वाग्ले रहेका छन् ।

राजदूतमा सिफारिस भएकाहरूको अब संसदीय सुनुवाइ हुने छ । समितिबाट नाम अनुमोदन भएमा राष्ट्रपतिबाट नियुक्ति हुने छ ।

 

Leave a Reply

Your email address will not be published.