स्थानीय तह निर्वाचन: आज मध्यरातिदेखि आचारसंहिता, के, के गर्न पाइँदैन ?

काठमाडौं । स्थानीय तह निर्वाचनको आचारसंहिता शुक्रबार मध्यरातिदेखि लागू हुँदैछ । निर्वाचन आयोगले शुक्रबार मध्यरातिदेखि मतदानको दिनसम्म आचारसंहिता कार्यान्वयन गर्न लागेको हो ।

आयोगले यसअघि नै आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको छ । आचारसंहिता सरकार,

निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार माध्यमदेखि मतदातासम्मलाई लागू हुनेछ ।

आचारसंहिता लागू भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाइँदैन । स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायतका काम गर्न पनि रोक लाग्नेछ ।

यसैगरी योजनाको शिलान्यास, उदघाटन पनि गर्न पाइनेछैन । कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन पनि गर्न पाइन्न ।

दलको प्रचार हुने चिह्न, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट, झोला समेत बोक्न आयोगको आचारसंहिताले रोक लगाएको छ । निर्वाचन प्रचारप्रसारको काम दिउँसो मात्रै गर्न पाइनेछ ।

चुनावी तालमेलबारे संयुक्त विज्ञप्ति जारी गर्ने सत्ता गठबन्धनको निर्णय

स्थानीय तह निर्वाचनका लागि गठन भएको निर्वाचन तयारी तथा अनुगमन समितिले निर्वाचन सम्बन्धमा संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुबाटारमा बसेको सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनलाई मध्यनजर गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकमा गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरु सहभागी थिए। बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले चुनावी तालमेलमा अहिलेसम्म भएका प्रगतिबारे जानकारी गराएका थिए।

गठबन्धनले आगामी स्थानीय तह निर्वाचनको तयारी, परिचालन तथा अनुगमनका लागि वरिष्ठ नेता पौडेलको नेतृत्वमा समिति गठन गरेको छ।

Leave a Reply

Your email address will not be published.