ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले पाँच वर्षमा के-के गरे ?

ललितपुर। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर मुलुककै अनुरणीय स्थानीय तह भएको बताएका छन् ।

शुक्रबार आफ्नो पाँचवर्षे कार्यकालमा गरेका कार्यहरुको बारेमा जानकारी आयोजित पत्रकार सम्मलेनमा उनले ललितपुर महानगरपालिकालाई मुलुकै अब्बल र अनुकरणीय काम गर्ने स्थानीय तहको रुपमा चिनाउन सफल भएको बताए ।

मेयर महर्जनले पाँच वर्षमा महानगरबाट पारित कुल २३ अर्ब ५२ करोड ८१ लाख ४८ हजार ९८१ बजेटमा १३ अर्ब ३३ करोड ८३ लाख ५३ हजार ८९४ गत फागुन मसान्तसम्म खर्च गरेको जनाएका छन् ।

उनले पाँच वर्षमा महानगरपालिकाले ७ अर्ब ७६ करोड ४४ लाख ४८ हजार २१४ राजश्व संकलन गरेको बताए ।

त्यस्तै, उनले महानगरभित्र वडास्तरीय तथा नगर स्तरीय गरी सात हजार पाँच सय विकास आयोजनाहरु सम्पन्न गरेको बताए ।

स्मार्ट सडक बत्ती महानगरका चारवटा रुटको सडकमा ६ सय ७९ वटा स्मार्ट सडक बत्ती जडान गरेको भन्दै मेयर महर्जनले निर्माण सम्पन्न पूर्वाधार अपाङ्ग मैत्री रहेको बताए ।

उनले भने, ‘पाँच वर्ष कार्यकालमा ललितपुर महानगरपालिकालाई मुलुकै अब्बल र अनुकरणीय काम गर्ने स्थानीय तहको रुपमा चिनाउन सफल भएको छ ।

ललितपुर महानगरमा मेयर भएर आएको पाँच वर्षको कार्यकालमा महानगरपालिकाको कुल बजेट २३ अर्ब ५२ करोड ८१ लाख ४८ हजार ९८१ पारित भएकोमा १३ अर्ब ३३ करोड ८३ लाख ५३ हजार ८९४ गत फागुन मसान्तसम्म खर्च भएको छ । राजश्वतर्फ जम्मा ७ अर्ब ७६ करोड ४४ लाख ४८ हजार २१४ राजश्व संकलन भएको छ ।’

महर्जनले थपे, ‘पूर्वाधार निर्माणमा पाँच वर्षको अवधिमा अस्फाल्ट कंक्रिटसहितको डेढ इन्च मोटाईको ३२ किलो मिटर सड निर्माण सम्पन्न भएको छ ।

पाँचवटा प्याकेजमा ८६ वटा सडक निर्माण भएका छन् । पूर्वाधार निर्माणमा वडास्तरीय तथा नगर स्तरीय गरी सात हजार पाँच सय आयोजनाहरु सम्पन्न भएका छन् ।

स्मार्ट सडक बत्ती महानगर पालिकाका चारवटा रुटको सडकमा ६ सय ७९ वटा स्मार्ट सडक बत्ती जडान भएको छ । महानगर पालिका अन्तर्गत चक्रपथको

दुबै तर्फको गरी १५.८ किलोमिटर स्मार्ट सडक बत्ती जडान गएिको छ । महानगरले बनाएका सबै पूर्वाधार निर्माणका संरचना अपाङ्ग मैत्री रहेका छन् ।’

त्यस्तै मेयर महर्जनले रिङ रोडको ५ स्थानमा इन्टर सेक्सन फ्लाइओभर र पुल्चोक कुपण्डोल फ्लाइ ओभरको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको बताए । उनले ग्वार्काेमा इन्टर सेक्सन फ्लाइओभर निर्माण गर्न ठेक्का प्रक्रिया अगाडि बढेको जानकारी समेत दिए ।

महानगर भित्रका अमूर्त सम्पदा निर्माणको काम प्रमुख प्राथमिकतामा राखेर आर्थिक अभावमा ऐतिहासिक, धार्मिक, साँस्कृतिक महत्व बोकेका जात्रा, पर्वका अमूर्त सम्पदा लोप हुन नदिन महानगरले १० लाखसम्मको अक्षय कोष बनाएर काम अगाडि बढाएको बताए ।

 

Leave a Reply

Your email address will not be published.