शान्ता चौधरी भूमिहीन सुकुम्बासी संगठनको अध्यक्षमा पुनः निर्वाचित

बर्दिया । नेकपा एमाले सम्वद्ध नेपाल भूमिहीन सुकुम्बासी संगठनको अध्यक्षमा शान्ता चौधरी पुनः निर्वाचित भएकी छन् ।

बिहीबार र शुक्रबार बर्दियाको गुलरियामा सम्पन्न संगठनको अधिवेशनले चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

अध्यक्ष निर्वाचित भएपछि चौधरीले भूमिहीन सुकुम्बासी र गरिब जनताको हक अधिकारका लागि अनब्रत लडी रहने प्रतिबद्धता जनाएकी छन् ।

प्रतिनिधि सभामा नेकपा एमाले संसदीय दलकी सचेतक समेत रहेकी चौधरी सुकुम्बासी पृष्ठभूमिबाट राजनीतिमा आएकी सफल नेतृ हुन् ।

२०६४ सालको संविधान सभाको समयमा प्राकृतिक स्रोत साधन समितिको सभापति रहेकी चौधरीले भूमिहीनका पक्षमा केही नीतिगत निर्णय गराएकी थिइन् ।

शुक्रबार रातिदेखि निर्वाचन आचारसंहिता लागु हुँदै, के पाइन्छ, के पाइदैन ?

निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका आजैदेखि रातिदेखि आचारसंहिता लागु गर्ने भएको छ ।

आचारसंहिता सरकार, निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार माध्यम, गैरसरकारी संस्था, विद्यालय, विश्वविद्यालय, शिक्षक, कर्मचारी तथा मतदातालाई लागू हुने आयोगले जनाएको छ ।

आचारसंहिता लागु भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाइँदैन । योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण लगायतका काम गर्न पनि पाइँदैन ।

यसै गरी कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन लगायतका काम गर्न पनि पाइँदैन, गर्नै परे निर्वाचन आयोगको अनुमति लिनुपर्छ । निर्वाचन प्रचारप्रसारको काम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइन्छ ।

यसपटक स्थानीय तहको निर्वाचनको प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग गर्न पाइने छ भने साइकल, रिक्सा, ठेलागाडा, बयलगाडा, टाँगालगायतका सवारी साधन प्रयोग गर्न नपाइने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

आयोगले राजनीतिक दलहरुबाट आचारसंहिता लागु गराउन प्रतिवद्धता लिइसकेको छ । नेकपा एमालेले भने आयोगलाई केही आचारसंहिताका बुँदाहरु त्रुटिपूर्ण र संविधान विपरित भएकोले सच्याउन ६ बुँदे आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published.