सुन चाँदीकाे भाउ बढ्याे, ताेलाकाे कति छ ?

काठमाडाैं । स्थानीय बजारमा आज (आइतबार) सुन-चाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार भने सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार भने चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबारको तुलनामा आज सुन प्रतितोला आठ सय र चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सहकारीमा पूँजी, श्रम र सीप आवश्यक छ : पूर्व अर्थमन्त्री पाण्डे

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा राजनीतिक आन्दोलन सकिएकाले अब आर्थिक आन्दोलनमा लाग्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघले सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले आयोजना गरेको दुई दिने नेशनल युथ फोरममा सहकारीबारे आफ्नो प्रस्तुती दिँदै उनले सो कुरा बताएका हुन् ।

अमेरिका, बेलायत, जापान, युरोप जस्ता देशहरु कुनै बेला अविकसित रहेको उदाहरण दिंदै पाण्डेले नेपाल पनि अब आर्थिक क्रान्तिमार्फत समृद्धितर्फ अगाडि बढ्नुपर्ने बताए ।

आगामी निर्बाचनमा सही पार्टी र उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै पूर्वमन्त्री पाण्डेले चुनावले नै मुलुक समृद्धिको आधार तयार गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published.