घरको यस दिशामा हुन्छ धनको देवता कुबेरको बास, यी कुरामा ध्यान राख्नाले रहन्छ सधै कृपा

काठमाडाैं । वास्तुशास्त्रमा दिशाहरूमा विशेष जोड दिइएको छ। प्रत्येक दिशाको मालिक फरक हुन्छ। घरलाई वास्तु दोषबाट मुक्त राख्नको लागि दिशाको ख्याल गर्न आवश्यक छ।

कुनै पनि सामान कुनै दिशामा राख्न सकिँदैन। हरेक कुराको निश्चित दिशा हुन्छ। त्यसैगरी घरको उत्तर दिशाका स्वामी धनका देवता कुबेर हुन्। यस कारणले गर्दा मानिसहरू उत्तरमुखी घर बनाउने प्रयास गर्छन्।

घरको उत्तर दिशामा वास्तु दोष नभएको खण्डमा घरमा धन र सम्पती वृद्धि हुने वास्तुविद्को विश्वास छ । साथै, यदि यस दिशामा वास्तु दोष छ भने, व्यक्तिलाई धेरै समस्याहरू सामना गर्नु पर्छ। जानौं उत्तर दिशासँग सम्बन्धित नियमहरू।

उत्तर दिशाको वास्तु दोष

उत्तरमुखी घरको ढोका पूर्व दिशाको सट्टा पश्चिम दिशामा भएमा यस घरका मानिसलाई लामो समयसम्म स्थिर रहन नसक्ने वास्तुविद्हरूको विश्वास छ । यस्तो अवस्थामा घरधनीको बढी समय पैसाको लागि घरबाहिर बित्छ ।

उत्तर-पश्चिम दिशामा मुख्य ढोका नजिक पानीको ट्यांकी वा बोरिङ गर्दा वास्तु दोष हुन्छ। यस्तो घरमा बस्ने महिलाको मन चंचल रहन्छ र घरमा कम बस्छन् । साथै घरमा चोरी हुने सम्भावना पनि बढ्छ ।

उत्तरमुखी भूमिमा बनेको घरमा पश्चिम दिशालाई कहिल्यै पनि खाली नराख्ने जनविश्वास रहेको छ । जसका कारण पुरुषले शारीरिक, मानसिक र आर्थिक समस्याको सामना गर्नुपर्ने हुन्छ ।

उत्तरमुखी घरसँग सम्बन्धित थप विशेष चीजहरू

घरको मध्य भागबाट उत्तर दिशा तल तर्फ हुनु पर्ने मान्यता छ । यसो गर्दा घरमा सुख शान्ति कायम रहन्छ।

घरको उत्तर दिशामा पूजा गृह वा अतिथि कक्ष हुनु शुभ मानिन्छ। यस दिशामा भान्साकोठा बनाउँदा घरमा सुख शान्ति कायम रहन्छ ।

घरको उत्तर दिशाको पर्खाल न भाँच्नु वा चिर्नु हुँदैन भन्ने विश्वास गरिन्छ जसका कारण परिवारका सदस्यहरुबीच दुरी बढ्न थाल्छ ।

जहिले पनि पूर्व-उत्तरमा भूमिगत पानी ट्याङ्की बनाउनुहोस्। यसले वित्तीय स्थिति बलियो बनाउँछ। उत्तर दिशामा भुलेर पनि बाथरुम वा शौचालय नबनाउनुहोस्।

Leave a Reply

Your email address will not be published.