यो हुन सक्छ चेन्नई र बैंगलोरको प्लेइङ इलेवन, जान्नुहोस् पिच रिपोर्ट

काठमाडाैं । आईपीएलमा मंगलबार चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोरसँग प्रतिस्पर्धा गर्दैछ । चेन्नईले पहिलो चार खेलमा हार बेहोरेको छ । यस्तो अवस्थामा चेन्नईसँग फेरि एकपटक जितको ट्रयाकमा फर्कने मौका हुनेछ ।

साथै, RCB आफ्नो विजयी रथलाई कायम राख्न चाहन्छ। यो खेलमा कुन–कुन खेलाडीसहित दुवै टोलीले मैदान उत्रन सक्छन्

पिच रिपोर्ट

मुम्बईको डीवाई पाटिल स्टेडियममा बलरहरूले खासै सहयोग पाएका छैनन्। यहाँ लक्ष्य पछ्याउँदै टोलीले ४ पटक जित निकालेको छ । यस बाहेक दुई पटक पहिले ब्याटिङ गर्दै टिमले जित निकालेको छ ।

शीतका कारण दोस्रो इनिङ्समा बलरलाई समस्या पर्न सक्छ । त्यसैले यस्तो अवस्थामा टस जितेर टिमले पहिले बलिङ गर्न रुचाउँछन् ।

चेन्नई सुपर किंग्स परिवर्तन हुन सक्छ

चेन्नईको टोलीले यो खेलमा धेरै परिवर्तन गर्न सक्छ । यो खेलमा एन जगदीसन र राजवर्धन हेनर्गेकरलाई मौका मिल्न सक्छ ।

सम्भावित ११: रोबिन उथप्पा, रुतुराज गायकवाड, मोइन अली, एन जगदीसन, राजवर्धन हेनर्गेकर, रवीन्द्र जडेजा, एमएस धोनी, ड्वेन ब्राभो, एडम मिल्ने, महेश दिक्षाना, मुकेश चौधरी

RCB ले पनि परिवर्तन गर्न सक्छ

हर्षल पटेल पारिवारिक कारणले टिम बाहिर छन् । यस्तो अवस्थामा आरसीबीले उनको स्थानमा सिद्धार्थ कौललाई मौका दिन सक्छ।

सम्भावित ११: फाफ डु प्लेसिस, अनुज रावत, विराट कोहली, ग्लेन म्याक्सवेल, दिनेश कार्तिक, शाहबाज अहमद, डेभिड विली, वानिन्दु हसरंगा, सिद्धार्थ कौल, आकाश दीप, मोहम्मद सिराज

यसपटक चेन्नईको टोलीले धार देखाउन सकेको छैन जसका लागि टीम चिनिन्थ्याे। टोलीले लगातार चार खेलमा हार बेहोरेको छ । योसँगै आरसीबीले तीन खेल जितेको छ । यस्तो अवस्थामा बैंग्लोरले यो खेल पनि जित्न सक्छ ।

Leave a Reply

Your email address will not be published.