आईपीएल : चहलले रचे आईपीएलमा इतिहास हरभजन-अश्विन जस्ता दिग्गजको कीर्तिमान तोडियाे

काठमाडाैं । भारतका स्टार लेग स्पिनर युजवेन्द्र चहलले आईपीएलमा विशेष र ठूलो उपलब्धि हासिल गरेका छन् । युजवेन्द्र चहलले विश्वको सबैभन्दा कठिन टी–२० लिगमा आफ्नो क्षमता प्रमाणित गरेका छन् ।

हरभजन सिंह र रविचन्द्रन अश्विन जस्ता दिग्गज खेलाडीको कीर्तिमान तोड्दै युजवेन्द्र चहल आइपिएलमा सर्वाधिक विकेट लिनेमा पाँचौं नम्बरमा परेका छन् ।

आइपिएलमा आइतबार लखनउ सुपरजायन्ट्सविरुद्धको खेलमा युजवेन्द्र चहलले ४ विकेट लिएका कारण राजस्थान रोयल्सले ३ रनको रोमाञ्चक जित हात पारेको छ ।

युजवेन्द्र चहलले आईपीएलमा आफ्नो १५० विकेट पूरा गरेका छन् । योसँगै उनी आइपिएलमा सबैभन्दा बढी विकेट लिने सूचीमा पाँचौं नम्बरमा परेका छन् ।

युजवेन्द्र चहलले हरभजन सिंह र रविचन्द्रन अश्विन जस्ता दिग्गजहरूलाई पनि पछाडि छोडेका छन्। रविचन्द्रन आश्विनले आईपीएलका १७१ खेलमा १४६ विकेट लिएका छन् ।

हरभजन सिंहको कुरा गर्दा उनले आइपिएलका १६३ खेलमा १५० विकेट लिएका छन् । यद्यपि युजवेन्द्र चहलले आइपिएलका ११८ खेलमा मात्रै १५० विकेट लिएर हरभजन सिंहलाई पछि पारेका छन् ।

आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडीको कुरा गर्दा वेस्ट इन्डिजका ड्वेन ब्राभो शीर्ष स्थानमा छन् । ड्वेन ब्राभोले आईपीएलमा १ सय ५५ खेलमा १७३ विकेट लिएका छन् ।

आईपीएलमा सर्वाधिक विकेट लिने खेलाडी

ड्वेन ब्राभो – 173, लसिथ मालिंगा – 170, अमित मिश्र – 166, पियुष चावला – १५७, युजवेन्द्र चहल – १५०*, हरभजन सिंह – 150

आइपिएल २०२२ मा युजवेन्द्र चहलले अहिलेसम्मकै सर्वाधिक ११ विकेट लिएका छन् । उमेश यादवबाट युजवेन्द्र चहलले पर्पल क्याप खोसे । युजवेन्द्र चहलले लखनउ सुपरजायन्ट्स विरुद्ध हार बेहोरेका थिए ।

युजवेन्द्र चहलले लखनउ सुपरजायन्ट्स विरुद्ध ४ विकेट लिएपछि चहललाई ‘म्यान अफ द म्याच’को उपाधि पनि दिइएको थियो ।

खेलपछि युजवेन्द्र चहलले भने, ‘मेरो बल मेरो दिमाग हो । म प्राय जसो गर्छु त्यसबाट विचलित हुन चाहन्न। म १ देखि २० ओभरसम्म कुनै पनि समय बलिङ गर्न तयार थिएँ। मलाई डि ककको विकेट सबैभन्दा धेरै मन पर्यो किनभने उसले खेल परिवर्तन गर्न सक्थ्याे।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *