ग्लोबल आईएमई बैकंद्वारा अक्सिजन कन्सन्ट्रेटर र थर्मल गन हस्तान्तरण

काैरव खत्री
गुल्मी । ग्लोबल आईएमई बैकंले गुल्मीका स्वास्थ्य संस्थालाई स्वास्थ्य उपकरणहरु प्रदान गरेको छ । बैकंले बुधवार मुसिकोट नगरपालिकालाई ४ थान अक्सिजन कन्सन्टे्रटर मेसिन र ४ वटा थर्मल गन प्रदान गरेको छ । त्यस्तै चन्द्रकोट गाउँपालिकामा रहेको तुराङ स्वास्थ्य चौकीलाई १ थान कन्सन्टे्रटर मेसिन र १ वटा थर्मल गन प्रदान गरेको हो ।

लायन्स क्लव अफ काठमाण्डौ गुल्मीको समन्वयमा उक्त स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरिएको बैकंले जनाएको छ । स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा लायन्स क्लव अफ काठमाण्डौ गुल्मीका प्रतिनिधि युवराज न्यौपानेले ग्लोबल आईएम ई बैकंसगंको समन्वयमा स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको बताउँदैै लायन्स क्लव पनि नगरपालिकाको सहयोगका लागि सधै तत्पर रहने बताउनुभएको थियो । विपदको यो समयमा अक्सिजन अभावकै कारण मुसिकोट नगरपालिकामा कठिन स्थिति सिर्जना नहोस भनेर उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको उहाँको भनाई थियो ।

स्वास्थ्य उपकरण ग्रहण गर्दै मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटाले सहयोगी ग्लोबल आईएमई बैकं प्रति आभार व्यक्त गर्नुभयो । ग्लोबल आईएमई बैकंसगं नगरपालिकाबाट हुने विक्तिय कारोबारहरुमा सधै सहकार्य रहेको र रहँदै आउने समेत सापकोटाले स्पष्ट पार्नुभयो । नगरपालिकामा अहिले २० थान अक्सिजन सिलिण्डर र प्रयाप्त मात्रामा कन्सन्टे्रटर मेसिन रहेकाले अक्सिजन अभावमै मृत्युवरण गर्ने स्थिति नआउने बताउनुभयो । उहाँले जिल्लामै नमुना रुपमा मुसिकोट नगरपालिकामा यो विपदको समयमामा ७ वटा ऐम्बुलेन्स सञ्चालनमा आएको भन्दै अझै व्यवस्थित गरेर सञ्चालन गर्ने तैयारी भईरहेको समेत जानकारी दिनुभयो ।

स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा नगरउपप्रमुख कमला शर्मा, वडा नं ७ का वडाध्यक्ष प्रकाश काफ्ले,वडा नं ८ का वडाध्यक्ष नारायण सापकोटा, नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषाल,स्वास्थ्य शाखा प्रमुख डिबी जिसी, रेडियो पुष्पाञ्जलीका स्टेशन म्यानजेर प्रकाश घिमिरे लगायतको उपस्थिति रहेको थियो । ग्लोबल आईएम बैकं वामी शाखा प्रमुख माधव उपाध्याय अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन कर्मचारी बुद्धिमणी खरालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.