स्थानीय चुनावमा सेना परिचालन हुने, राष्ट्रपति भण्डारीले दिइन् स्वीकृति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।

राष्ट्रिय सुरक्षा परिषदको १७ चैतको सिफारिस र मन्त्रिपरिषदको २४ चैतको निर्णय अनुसार सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति दिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृत हेरफेर 

निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि भरतपुर महानगरपालिकामा निर्वाचन अधिकृत हेरफेर गरेको छ।

आयोगले मतदान हुन एक महीना बाँकी छँदा जिल्ला न्यायाधीश हेमन्त रावललाई मुख्य निर्वाचन अधिकृतबाट हटाएको हो। त्यहाँ, अर्का जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीलाई खटाइएको आयोगले जनाएको छ।

रावल चितवन जिल्ला अदालतका सबैभन्दा वरिष्ठ न्यायाधीश हुन् भने अधिकारी चौथो वरीयतामा छन्।

भरतपुरमा नेकपा (एमाले) ले विजयी सुवेदीलाई उम्मेदवार बनाउने भएको छ। सत्ता गठबन्धनबाट नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) दुवैले मेयरमा दाबी गर्दै आएका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नी छोरीलाई पुनः भरतपुरको मेयर बनाउन जोड दिंदै आएका छन्।

Leave a Reply

Your email address will not be published.