गठबन्धनकाे बैठक सकियाे, के के भयाे निर्णय ?

काठमाडाैं । पाँच दलीय गठबन्धनको बैठकले मातहतको संयन्त्रलाई वैशाख ४ गतेसम्म स्थानीय तहको वस्तुस्थिति पठाउन समय थप गरेको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले समय थप गरेको नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बताए ।

बैठकले चुनावी तालमेलको मोडालिटी बनाउने भनिए पनि मातहत संयन्त्रबाट प्रतिवेदन प्राप्त नभएकाले निर्णयमा पुग्न नसिएको सिटौलाको भनाइ छ । स्थानीय तहको वस्तुस्थिति पठाउन यसअघि २ पटक समय थप गरिएको थियो ।

बुटवलको मेयरमा एमालेबाट ८ जना सिफारिस

नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको मेयरका लागि आठ जनाको नाम सिफारिस गरेको छ । एमाले उपमहानगर कमिटीको बैठकले तीन जना केन्द्रीय सदस्यसहित आठ जनाको नाम जिल्लामा सिफारिस गरेको हो ।

नगर प्रमुखको उम्मेदवारका लागि अहिलेका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्य, गोपाल राना, बाबुराम भट्टराई, सावित्रा अर्याल, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराईको नाम सिफारिस गरिएको नगर अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए ।

उपमेयरमा पाँच जनाको नाम सिफारिस भएको ज्ञवालीले बताए । उपमेयरमा टंक पराजुली, खेम लुइँटेल, ज्ञानु केसी, मधुकला कुँवरको नाम सिफारिस भएको छ ।

स्थानीय चुनावमा बुटवललाई चासोका साथ हेरिएको छ । बुटवल एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको गृहनगर हो । १९ वडा रहेको बुटवलमा ९० हजारभन्दा बढी मतदाता छन् ।

गत चुनावमा एमालेले मेयर/उपमेयरसहित १६ वडा जितेको थियो । आठ जनाको नाम सिफारिस भए पनि मुख्य प्रतिस्पर्धी राना, भट्टराई र सुवेदी रहेका जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.