भीम रावलकाे प्रश्न : के सूर्य बिक्री हुने व्यवसायिक चिन्ह हो ?

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले राप्रपा नेपाल र नेपाल परिवार दलसँग स्थानीय तह निर्वाचनमा तालमेलकाे लागि गरिएकाे सम्झाैताप्रति आक्रोश व्यक्त गरेका छन्।

रावलले पार्टीको चुनाव चिह्न बिक्री हुने व्यवसायिक चिह्न नभएकाले कसैलाई दिन नमिल्ने भन्दै आपत्ति जनाए। उनले ठेकेदारलाई पेटी ठेक्का दिएजस्तो सूर्य चिह्न दिन नमिल्ने जिकिर गरे।

रावलले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘विपरीत सिद्धान्त भएका राप्रपा नेपाल र नेपाल परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ?

के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र ।’

बुधबारमात्र एमालेले राप्रपा नेपाल र नेपाल परिवार दललाई सूर्य चिन्हबाटै चुनाव लड्नकाे लागि सहमति गरेकाे थियाे ।

एमालेको संगठित सदस्य संख्या ११ लाख नाघ्यो, अन्य पार्टीको कति ?

देशकै सबै भन्दा ठूलो पार्टी नेकपा (एमाले) को संगठित सदस्य संख्या ११ लाख नाघेको छ । २०७८ चैत मासन्तसम्ममा पार्टीको संगठित सदस्यहरुको संख्या ११ लाख नाघेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

यससँगै एमालेको संगठित सदस्य ११ लाख ३ हजार ७ सय ४३ जना पुगेका छन् ।

यद्यपि पछिल्लो समयमा एमालेप्रतिको क्रेजले देशैभरबाट प्रवेश गरेकाहरुको जोड्दा सदस्य संख्या अझ बढ्ने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका उपप्रमुख बिष्णु रिजालले जनाएका छन् ।

स्थानीय निर्वाचन निजिकिएसँग विशेषगरी माओवादी केन्द्र, काँग्रेस, जसपा परित्याग गरी एमालेमा प्रवेश गर्नेको संख्या ह्वात्तै बढ्को छ । यसलाई मध्यनजर गर्दा १३ लाख बढी एमालेको संगठित सदस्य हुने आंकलन गरिएको छ ।

एमालेको १०औँ महाधिवेशन सम्पन्न हुने बेला मंसिरमा सङ्गठित सदस्य आठ लाख ५५ हजार रहेको थियो । यसबीचमा २ लाख ५० हजार भन्दा बढी सदस्य थपिएका छन् ।

संगठित सदस्यमा करिब ५० प्रतिशत बढी युवा जनसशक्ति रहेको बताइएको छ । एमालेपछि नेपाली कांग्रेसको क्रियाशील सदस्यको सङ्ख्या ८ लाख ७० हजार रहेको पार्टीको आधिकारिक वेबसाइटमा उल्लेख छ ।

यद्यपि कांग्रेसले केही थपिएकाहरुको सूची अद्यावधिक गर्ने क्रममा रहेको जनाएको छ । कांग्रेसमा २५ वर्षसम्मका ५ प्रतिशत र ४० वर्ष सम्मका ३० प्रतिशत क्रियाशील सदस्य रहेका छन् ।

त्यस्तै, माओवादी केन्द्रको पनि संगठित सदस्य संख्या ७ लाख ५० हजार पुगेको दावी गरिएको छ । तर माओवादी आफ्नो सदस्यहरुको जानकारी आधिकारिक रुपमा वेबसाइट वा कतै सार्वजनिक गरेको छैन ।

Leave a Reply

Your email address will not be published.