लमजुङको घले गाउँलाई ‘सुखी गाउँ’ घोषणा गरिँदै, केपी ओलीले उद्‌घाटन गर्ने

लमजुङ । लमजुङको क्व्होलासोँथर गाउँपालिका–३ स्थित स्मार्ट भिलेज घले गाउँलाई आज सुखी गाउँ घोषणा गरिने भएको छ । पर्यटकीय गाउँबाट सुरु भएको घले गाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ ।

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज घले गाउँलाई सुखी गाउँ घोषणा गर्नुहुने कार्यक्रम तय भएको घले गाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले जानकारी दिनुभयो ।

स्मार्ट भिलेज घले गाउँका घर एकैनासले रातो रङ्गको जस्ता राखिएको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घले गाउँका अध्यक्ष घलेले बताउनुभयो ।

गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ), गण्डकी प्रदेशलगायत निकायले उत्कृष्ट होमस्टेको श्रेणीमा राखेको घले गाउँ दुई पटक दक्षिण एसियाकै नमुना गाउँ घोषित हुन सफल भइसकेको छ ।

२०५६ सालदेखि स्थानीयले पर्यटन प्रवर्द्धनका कार्यक्रमको सुरुवात गरेका थिए । २०५७ देखि १२ घरबाट घलेगाँउमा होमस्टे सञ्चालन गरिएको थियो । घले गाउँका १ सय ३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको छ ।

न्यानो आतिथ्यताका माध्यमबाट घले गाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको छ ।

२०५७ सालबाट होमस्टे सञ्चालनमा आएको घले गाउँमा ४२ घरले नियमित सेवा दिइरहेका छन् । घले गाउँमा दैनिक ३ सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता रहेको

घले गाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । घले गाउँमा पर्यटकको आगमनसँगै स्थानीय बासिन्दाको आर्थिक स्तर पनि उकासिएको छ ।

Leave a Reply

Your email address will not be published.