प्रचण्डको टिप्पणी : गठबन्धनमा माधव नेपालले ठूलाे भाग खाेजे !

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भाँडिन लागेको संकेत गरेका छन् । शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय कार्यालय बैठकमा ब्रिफिङका क्रममा प्रचण्डले यस्तो संकेत गरेका हुन्।

चुनावी तालमेल सकसपूर्ण भएपछि प्रचण्डले अब माओवादी एक्लै चुनाव लड्न तयार हुनु पर्नेसमेत बताए । उनले एकीकृत समाजवादीका कारण गठबन्धनमा भागबण्डा मिल्न नसकेको संकेत गरे ।

नेकपा एमालेबाट विभाजित भएर थोरै संख्यामा स्थानीय तहका जनप्रतिनिधि ल्याए पनि माधव नेपालले आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि धेरै भाग खोजेको प्रचण्डले बताए। माधव नेपालमा अझै पनि एमालेमा रहे जस्तै आफूलाई ठूलो दलको नेता सम्झिने बानी नहटेको प्रचण्डले बताए ।

‘माधवजीले अलिक बढी मागिहाल्नुहुन्छ। उहाँ आफूलाई अझै पनि एमाले नै देख्नुहुन्छु, प्रचण्डले अगाडि भने, नयाँ पार्टी एकीकृत समाजवादीको अध्यक्ष भएर भन्दा पनि उहाँले आफूलाई एमाले नै सम्झिएर धेरै भाग माग्नुहुन्छ।’

पछिल्ला दिनमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले गठबन्धन छाड्ने चेतावनी दिइरहेको छ।

कांग्रेसका पनि कयौँ कमिटीले गठबन्धन मान्न नसकिने अडान लिइरहेका छन्। जनता समाजवादीले बाँकेमा गठबन्धन छाडेर एकल उम्मेदवारी घोषणा गरिसकेको छ।

Leave a Reply

Your email address will not be published.