देउवाले आफ्नै कार्यकर्तालाई भने ‘गठबन्धन गरे सरकार बनाएँ मैले के बिराएँ !

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन गरेकामा आफूलाई ताली आउनुपर्नेमा गाली आएको भन्दै रोष प्रकट गरेका छन् ।

मंगलबार काठमाडौंमा नेविसंघ स्थापना दिवसको कार्यक्रममा देउवाले चुनावी गठबन्धन गरेर आफूले ठिक गरे पनि कांग्रेसभित्रैबाट त्यसलाई बेठिक देखाउने प्रयास भएको बताए ।

“गठबन्धनकै कारण गण्डकी प्रदेशमा कांग्रेसको मुख्यमन्त्री छ । कर्णालीमा कांग्रेसकै मुख्यमन्त्री छ । सुदूरपश्चिम र प्रदेश–१ मा पनि कांग्रेस सरकारमा छ,”

देउवाले विद्यार्थीको कार्यक्रममा भने, “गठबन्धन गरेर मैले के बिगारेँ ? के कांग्रेसलाई सरकारमा लैजानु अपराध हो ?”

उनले चुनावी तालमेलले अझ बलियो बनाउने भन्दै यसका विरुद्धमा नबोल्न आग्रह गरे । “चुनावी तालमेल गरेपछि गिभ एन्ड टेक त हुन्छ नि ! त्यसलाई स्वाभाविक रूपमा स्वीकार गर्नुपर्छ,” उनले भने, “गठबन्धन गरेर मैले त राम्रो काम गरेको छु । ताली आउनुपर्नेमा गाली आयो ।”

उनले राजधानी र सदमुकाममा मात्र नखुम्चिएर स्कुल–स्कुलमा नेविसंघ गठन गर्न र युनियन चुनाव जित्न निर्देशन पनि दिए ।

Leave a Reply

Your email address will not be published.