पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा भिडियो सन्देश जारी (भिडियोसहित)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भिडियाे सन्देश जारी गरेका छन् । सामाजिक सञ्जाल  फेसबुकमार्फत आज उनले भिडियो सन्देश मार्फत काेराेना संक्रमित भएका बेला स्वास्थ्य लाभकाे कामना गर्नेहरूप्रति धन्यवाद ज्ञापन गरेका हुन् ।

पूर्वराजा शाहले कोरोना महामारीको चपेटामा परी बिरामी हुँदा उपचारमा संलग्न स्वास्थ्यकर्मीलगायत चिन्ता प्रकट गरी स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्ण नेपालीहरुमा भिडियो सन्देशमार्फत धन्यवाद दिएका छन् । उनले दम्पती नै स्वास्थ्य लाभ गरिरहेकाे बताएका छन् ।

उनले अझै पनि महामारी कायमै रहेकाे अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । महामारी निरन्तर जारी रहेकाले यसको नियन्त्रणका लागि नेपालीकै संकल्प र अन्तराष्ट्रिय सहयोग पनि आवश्यक भएको उनले बताएका छन् ।

संक्रमण भएर अस्पतालमा उपचारमा रहेका सबैलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै मृतात्माको चिर शान्तिको कामना गरेका छन्।

 

Leave a Reply

Your email address will not be published.