सुनकाे भाउ ह्वात्तै घट्याे, ताेलाकाे कति ?

काठमाडाैं । बुधबार सुनचाँदीको भाउमा गिरावट आएको छ । वैशाख ७ गते, सुन तोलामा एक हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी पनि प्रतितोला ३५ रुपैयाँले ओरालो लागेको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ६०० रुपैयाँमा झरेको छ । यसैगरी तेजाबी सुन प्रतितोला एक लाख १०० रुपैयाँमा खरिदबिक्री भइरहेको महसंघले जनाएको छ ।

अघिल्लो कारोबार दिन पनि सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला एक लाख दुई हजार १०० रुपैयाँमा तोकिएको थियो ।

बुधबार चाँदी पनि तोलामा ३५ रुपैयाँले गिरावट भएको छ । यस दिन चाँदी प्रतितोला एक हजार ३८५ रुपैयाँमा किनबेच हुँदैछ । मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको थियो ।

अन्तरराष्ट्रिय बजारमा पनि बुधबार सुनको मूल्य घटेको छ । आज सो बजारमा सुन प्रति अउन्स पाँच डलर भन्दा धेरैले ओरालो लागेर एक हजार ९४४ डलर बराबरमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि घटेर प्रतिअउन्स २५ डलरमा किनबेच हुँदैछ ।

Leave a Reply

Your email address will not be published.