काठमाडौं महानगर प्रमुखमा कांग्रेसबाट प्रकाशमानकी पत्नीसहित पाँचजनाको नाम सिफारिस !

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदका लागि पाँचजनाको नाम सिफारिस गरिएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि आकांक्षीको नाम सिफारिस गरिएको हो ।

कांग्रेस काठमाडौं महानगर समितिले बिहीबार पाँचजनाको नाम सिफारिस गरेको सचिव सुशान वैद्यले बाह्रखरीलाई जानकारी दिए ।

सिफारिस गरिएकाहरूमा नगर समिति सभापति नीलकाजी शाक्य, सचिव सुशान वैद्यसहित वर्तमान नगर उपप्रमुख हरिप्रभा खड्गीको नाम छ ।

यस्तै, कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सिजना सिंह तथा नेता प्रगतिमान रञ्जितको नाम पनि सिफारिस गरिएको सचिव वैद्यले जानकारी दिए ।

महानगर समितिले उपप्रमुख पदमा पनि नाम सिफारिस गरेको छ । जसमा सुशीला ढकाल र अम्बिका प्रधान शाक्य परेका छन् ।

सत्ता गठबन्धनको केन्द्रीय बैठकले भने महानगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का साझा उमेदवार उठाउने निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published.